
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएसँगै यसका विषयमा फरक–फरक टिप्पणी र आक्रोशहरु आईरहेका छन् । माओवादी जनयुद्धपश्चात् कार्यकर्ताको सही व्यवस्थापन र उद्देश्यमा अडिग रहन नसकेको माओवादी नेतृत्व र विचलित कार्यकर्ताको अवस्थालाई चित्रण गरिएको यस गीतमा एक छापामार महिलालाई यौनकर्मीका रुपमा देखाईएको दृश्यप्रति धेरैले विरोध गरिरहेका छन् ।
जनयुद्धको नायक मध्येका एक डा.बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-‘‘तथ्यबाट सत्य खोज’ माक्र्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु– महिलाहरु ऋाफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन् । तीतो सत्य स्वीकारौं, समाधान खोजौं । प्रकाश सपुतलाई नसरापौं ।’
शुक्रबार युट्युवमार्फत् सार्वजनिक भएको यो गीत २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन् भने सामाजिक सञ्जालहरुमा व्यापक चर्चा र आक्रोश व्यक्त भईरहेका छन् । यस गीतमा प्रकाश सपुतले प्रयोग गरेको गीतका शब्दहरु मार्मिक र यथार्थपरक भएको भन्दै धेरैले यसले माओवादीको अहिलेको यर्थाथलाई उजागर गरेको भनेर विचार व्यक्त पनि गरिरहेका छन् ।
गीतमा जनयुद्धमा सहभागी भएका दम्पत्ति जो युद्धमा गोली लागेर घाईते भएका छन् । उनीहरु मध्ये श्रीमान् अपाङ्ग छन् र दैनिक जिविकोपार्जन गर्न कष्ठकर भईसकेपछि श्रीमती जो लडाकु थिईन् र शरिरमा गोली लागेको थियो उनी वाध्य भएर सानी छोरी छोडेर विदेशिनु परेको र विदेशमा समेत बन्धक हुन पुगेपछि स्वदेश फर्किनका लागि याचना गरेको कारुणिक दृश्य समावेश गरिएको छ ।
धेरै चेलीहरु विदेशमा यसरी नै बन्धक बनाईने र उनीहरुको अवस्था यो भन्दा पनि कहालाी लाग्दो भएको यर्थाथ नै हो । अझ, अपाङ्ग भएका उनका श्रीमान् आफ्नी श्रीमतीलाई बचाई दिन हारगुहार गर्दै सँगै माओवादी जनयुद्ध लडेका तर अहिले मन्त्री भएका पात्र समक्ष पुग्दछन् । जो हिजो जनयुद्धमा भागेर आफ्नो ज्यान बचाएका स्वार्थी र फटाहा पात्र हुन् । उनले ती सहकर्मी योद्धाको पीरमर्का सुन्दैनन् र गाडी हुईक्याएर कुद्छन् । यस्ता दृश्यहरुलाई भने कसैले विरोध गर्न सकिरहेका छैनन् ।
जनयुद्धका क्रममा सेना र प्रहरीकोमा सुराकी गर्ने, त्यहीँ क्वाटरमा रक्सी खाएर सुत्ने र जासुसी गर्नेहरु यतिबेला नेतृत्वको वरिपरि घुमिरहेका छन् र सबैभन्दा बढि स्वार्थपूर्ति गरिहेका छन् । जसले जनयुद्धमा दोहोरो फाईदा उठाए आज उनीहरु कै हालिमुहालीका कारण माओवादी आमजनतामा क्रमशः अलोकप्रिय हुँदै गएको तीतो यर्थाथतालाई पनि यस गीतले राम्रैसँग प्रस्तुत गरिदिएको छ ।
जनयुद्धका महानायक भनेर चिनिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु यतिबेला ती युद्धमा समावेश भएर टुहुरा भएका सहिदका सन्तान, अपाङ्ग, घाईते र वेपत्ताको परिवारकोमा पुग्दैनन् । सिधै दलाल, तस्कर र माफियाहरुको घरमा पुगेर खाना खान्छन्, बस्छन् र रमाउँछन् । के यस्ता घटनाहरु प्रकाश सपुतले बनाएको गीत भन्दा अझै कहालीलाग्दो र पीडादायक छैनन् र ?
जनयुद्धमा सहभागी हजारौं लडाकुहरु यतिबेला मरुभूमिको तातो हावामा भेँडा चराउँदै छन् । कतिले अपाङ्ग भएर जीवन सडकमा बिताई रहेका छन् । यसप्रति जनयुद्धको २० औं बर्ष पार भईसक्दा पनि नेतृत्वले सोच्नु पर्ने होइन र ? एकपटक प्रकाश सपुतको गीतले सहिदको रगत र बलिदानमाथि रजाईँ गर्नेहरुको मथिङगल भने राम्रैसँग हल्लाई दिएको छ ।
माओवादी जनयुद्धपछि अवसरवादी, फटाहा, तस्कर र भ्रष्टहरुले सत्तामा पहुँच पुर्याएको अवस्था यर्थाथ नै हो । जसले जनयुद्धमा परिवार गुमाए, अपाङ्ग भए र परिवारका सदस्य वेपत्ता पारिए ती सोझासाझाले भने आजसम्म पनि सास्ती भोग्नुपरेको कथा यर्थाथ नै हो, जुन प्रकाशले भिडिओमा देखाउन खोजेका छन् ।
जे जस्तो चर्चा परिचर्चा भए पनि यस भिडियोले एकपटक समग्र जनयुद्ध र त्यसको उपलब्धिको अवस्थालाई आमजनतामाझ नङ्गयाई दिएको छ । सो भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् । गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ । भिडिओको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका छन् । प्रकाश सपुतको यो गीतसँगै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु जस्ताको तस्तै :




१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति