
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ। भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ।
बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्।
उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्धित एक कार्यक्रमको लागि भेला भएका थिए। भेला भएकाहरूमध्ये केही मानिसहरू स्ल्याबमाथि बसेका थिए।
त्यसैबीच स्ल्याब फुट्दा त्यहाँ बसेका मानिसहरू इनारमा खसेका हुन्। खस्दा दुई जना महिला र ११ जना बालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ।
‘स्थानीय गाउँमा विवाहको कार्यक्रम भइरहेको थियो। त्यससँग सम्बन्धित एक कार्यक्रमको लागि महिलाहरू भेला भएका थिए,’ एडिजी अखिलकुमारले भने, ‘लगभग साढे ८ बजेको थियो। इनारको स्ल्याब फुट्यो र त्यसमाथि भएका सबै मानिसहरू इनारमा खसे। स्थानीयले तत्काल सकेजति मानिसलाई उद्धार गरी निकालेका थिए र उनीहरूलाई तत्काल अस्पताल पठाइयो।’
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट प्रत्येक मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५०-५० हजार दिने घोषणा गरेका छन्।
उनले घटनाप्रति दुख व्यक्त गर्दै भने, ‘उत्तरप्रदेशको कुशीनगरमा भएको घटना हृदयविदारक छ। यसमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्छु। साथै घाइतेहरू छिटो स्वस्थ होऊन् भन्ने कामना गर्छु। स्थानीय प्रशासन सकेसम्मको मद्दत गर्न जुटेको छ।’