
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
कास्की, १९ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो । पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा अमृत फाउण्डेशनले रु एक लाख ४५ हजार लागतमा रेलिङ निर्माण गरेको हो ।
घान्द्रुकका होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताउनुभयो । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार रहेको घान्द्रुकका बारेमा दुर्घटनापछि नकारात्मक सन्देश प्रवाह भएकामा यात्रुलाई सुरक्षित महसुस गराउन र दुर्घटनाको जोखिम कम गर्न रेलिङ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनापछि पर्यटकमा नराम्रो सन्देश गएपछि हामीले सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेका हौँ, सडकखण्डका पाँच वटा घुम्तीमा ऐना पनि राखेका छौँ”, दुर्घटनापछि स्थानीयवासीसमेत यात्रा गर्न डराउने गरेको बताइन्छ । एम्बुलेन्स चालक तथा निर्माण समितिका संयोजक यामबहादुर गुरुङले सो खडकखण्डमा यात्रा गर्दा अब भने केही ढुक्क हुने अवस्था रहेको र त्रास कम भएको बताउनुभयो । दुर्घटनापछि प्राय सवारी चालक त्रसित हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “यस ठाउँमा सबैभन्दा ठूलो दुर्घटना यही थियो । त्यसैले यहाँ आउँदा डर पनि लाग्थ्यो, अब भने ढुक्क भएका छौँ ।”
जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएकाले ढलानको काम पनि छिटै सुरु गरिने गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको मुख्य प्रवेशद्वार घान्द्रुकलाई मानिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउजाउ गर्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव