
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
कास्की, १९ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो । पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा अमृत फाउण्डेशनले रु एक लाख ४५ हजार लागतमा रेलिङ निर्माण गरेको हो ।
घान्द्रुकका होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताउनुभयो । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार रहेको घान्द्रुकका बारेमा दुर्घटनापछि नकारात्मक सन्देश प्रवाह भएकामा यात्रुलाई सुरक्षित महसुस गराउन र दुर्घटनाको जोखिम कम गर्न रेलिङ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनापछि पर्यटकमा नराम्रो सन्देश गएपछि हामीले सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेका हौँ, सडकखण्डका पाँच वटा घुम्तीमा ऐना पनि राखेका छौँ”, दुर्घटनापछि स्थानीयवासीसमेत यात्रा गर्न डराउने गरेको बताइन्छ । एम्बुलेन्स चालक तथा निर्माण समितिका संयोजक यामबहादुर गुरुङले सो खडकखण्डमा यात्रा गर्दा अब भने केही ढुक्क हुने अवस्था रहेको र त्रास कम भएको बताउनुभयो । दुर्घटनापछि प्राय सवारी चालक त्रसित हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “यस ठाउँमा सबैभन्दा ठूलो दुर्घटना यही थियो । त्यसैले यहाँ आउँदा डर पनि लाग्थ्यो, अब भने ढुक्क भएका छौँ ।”
जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएकाले ढलानको काम पनि छिटै सुरु गरिने गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको मुख्य प्रवेशद्वार घान्द्रुकलाई मानिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउजाउ गर्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर