
१राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
३सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
४अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
५सहकारी क्षेत्रमा आमूल परिवर्तन
६रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
९नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
१०स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
११जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
१२हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
काठमाडौँ। सरकारले कोरोना संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भन्दै जारी गरेको आदेशलाई प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उलंघन गरेपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइराखेको छ।
अघिल्लो दिन पार्टी सचिवालयले होम आइसोलेसनमा बसेको भन्दै विज्ञप्ति सार्वजनिक गर्ने र भोलिपल्ट अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनको आलोचना भएको हो।
माघ ९ गते कोरोना संक्रमण पुष्टि भएका ओली १२ गते युवा संघले घरै अगाडि गरेको कार्यक्रममा उपस्थित भएका हुन्। एमालेको युवा संघले माघ १२ गते ओली निवासन अगाडि गरेको कार्यक्रममा ओली उपस्थित भएको खबर सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको हो।
प्रदीप भट्राई ट्वीटरमा लेख्छन्, ‘कोरोना हुँदाहुदै किन कार्यक्रममा जानुभयो ? तपाईंको जीवन यो देशको लागि रास्ट्रको लागि कति महत्त्वपूर्ण छ यो तपाइलाई थाहा छ कि छैन? रोगसँग लडने क्षमता कम हुँदाहुदै केहि उरठेउलाले भन्दैमा किन जानु भयो? राजनेताको सचिवालय यस्ता काम रोक्नुपर्यो।’
त्यसैगरी काँग्रेस नेता रामहरि खतिवडालेसमेत आलोचना गरेका छन्। ‘नेकपा एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री केपी ओली कोरोना हुँदा हुदै जनसेवा दौडिन लाग्नु भएछ’, खतिवडाले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो स्वास्थ भन्दा अरुको स्वास्थमा ध्यान दिने राजनेता ? भोलि ओलिको नयाँ वाणि आउने छ यो ‘सरुवा रोग होइन’ विश्व स्वास्थ संगठन चकित पर्ने छ। ‘ओलीको जय होस।’
कार्यक्रममा कोरोना संक्रमित ओलीसँगै एमाले नेता गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत थिए। ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै रक्तदान गर्न आयोजित कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसमेत राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महेश बस्नेतले ओलीको स्वास्थ्य लाभको कामना गर्न रक्तदान कार्यक्रम गरेको बताए। एमाले पार्टी केन्द्रीय सचिवालयले माघ ११ गते मात्र ओली होम आइसोलेसनमा आराम गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसको भोलिपल्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएर ओलीले सरकारी आदेशको अवज्ञा गरेका हुन्।
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले छुट्टै आदेश जारी गरेका छन्। त्यसलाई अध्यक्ष ओली र युवा संघले पूर्ण रुपमा अवज्ञा गरेको देखिन्छ।
कति दिन आइसोलेसनमा बस्नुपर्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतमा नेपालमा १० दिन आइसोलेसनमा बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।
‘ओमिक्रोन भेरिएन्ट सँगसँगैको अध्ययन अनुसन्धानबाट आएका प्रमाणका आधारमा विज्ञको सुझावअनुसार हामीले यो समयावधि घटाएर सात दिन बनाएका छौँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले भने।
खोप लगाएका कारण ओमिक्रोन भेरिएन्टको सङ्क्रमणको चक्र र यसले पार्न सक्ने जोखिम अनुसार सात दिन आइसोलेसन समयावधि बनाइएको सरकारी भनाइ छ। लक्षण देखिएमा भने नेगेटिभ रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने उनको भनाइ छ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म