• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय प्रमुख समाचार

    पाकिस्तानमा हिउँमा पुरिएर २२ जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

    राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

    हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।

    पछिल्लो समय सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए। हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।