
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
कावासोती । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताए । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताए । खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताए।
रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत, पर्सासहितका जिल्लाबाट १२ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले बताए ।
यस्तै उपविजेताले नगद रु ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महतोका अनुसार प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकले समेत नगद रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चालिस वर्षमाथिका खेलाडीले मात्रै खेल्ने भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोती–१७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटनसत्रमा अध्यक्ष महतोले युवावस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने बताए ।
यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स टिम विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबीच भएको खेलमा नवलपरासी पश्चिम १–२ गोलअन्तरले विजयी भएको हो । नवलपरासीको तर्फबाट कृष्ण शर्मा र नरबहादुर रानाले एक-एक गोल गरे भने चितवनका लागि सोम लामाले एक गोल गरे ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने