
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, १७ पुस । पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल हुनुभएको छ ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल हुनुभयो । उपाधि विजेता खड्काले रु ८० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित हुनुभएको थियो । प्रतियोगितामा उपविजेता आरभले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिला एकलतर्फको उपाधि भने बिहीबार नेपालका शीर्ष वरियताका सलोनी तामाङले जित्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले हासिल गर्नुभयो । फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–० र ६–१ को सहज सेटमा पराजित गर्नुभयो । विजेता खत्रीले नगद रु ६० हजार तथा उपविजेता गुरुङले रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनुभयो ।
यसैगरी ४५ वर्षमाथिको एकलतर्फको उपाधि चन्द्र शाहीले हासिल गर्नुभयो । उहाँले विमलकुमार गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्नुभएको हो । विजेताले नगद रु ४० हजार र उपविजेताले नगद रु २० हजारसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नुभयो । ४५ वर्षमाथिको पुरुष ‘डबल्स’मा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो ।
हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेताले नगद रु २० हजार तथा उपविजेताले नगद रु १० हजारसहितको पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’