
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
लमजुङ । जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।
राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकहरुको भनाई छ ।
केही घरवास सञ्चालकहरुले घरवासमा बस्न दिने कुरा गरेपनि अधिकाशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुँने बताएका छन् । पर्यटक सोनिका श्रेष्ठले भन्नुभयो, “हामी १३ जना साथीहरु मिलेर यहाँ आयौँ घुम्न पायौँ तर बस्न पाएनौ ।” घुम्न खुल्ला गरेपनि बस्न पनि खुल्ला गरेमा पर्यटकहरुलाई सुविधा हुने उहाँको भनाई छ । तत्काल घरवास सञ्चालनमा नआउने उक्त समितिले जनाएको छ ।घरवासमा बस्न नदिएपनि राइनासकोट चौरमा भने आफैले त्रिपाल टाँगेर भने बस्न पाइने सो समितिका अध्यक्ष गुरुङले भन्नुभयो । विसं. २०७५ फागुन महिनाबाट ११ घरबाट शुरुआत भएपनि यतिबेला सिंगो गाउँ अर्थात् १७ वटा घर रहेको यहाँ सबै घरमा घरवास रहेका छन् । गाउँमा सञ्चालिन सबै घरवास गरेर वार्षिक करीब ५ करोड भन्दा बढी आम्दानी हुँदै आएपनि यस वर्ष कोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानी समेत नहुँने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो ।
राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायतको १८ वटा हिमालहरु देख्न सकिन्छ । नेपालको एकीकरणको शुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्र्यले भरिपूर्ण ठाउँ भएको स्थानिय कृष्णराज ओलियाले बताउनुभयो । विश्वकै पहिलो योग स्तम्ब पनि राईनासकोटमा रहेको पनि उहाँको भनाई छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेको छ । पर्यटकीय राइनासकोट प्राकृतिक र साँस्कृतिकले भरिपूर्ण रहेको छ ।
बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ । राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्न पर्ने ११० उत्कृष्ट गन्तव्य मध्य राइनासकोट परेको थियो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ