
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ ।
पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आˆनो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन ।
ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।
तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश र्फकने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२-० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो । आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो ।
चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो । सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।
भारतसँग हार महँगो
पहिलो खेलमै बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो । श्रीलंका र भुटानविरुद्ध क्लिनसिट राख्दै सहज जित निकालेको नेपालका लागि भारतसँगको एक गोल अन्तरको हार नै महँगो बन्यो ।
बराबरी मात्र खेलेपनि नेपाललाई फाइनल पुग्न पर्याप्त थियो । तर दोस्रो हाफमा पि्रयंका देवीले गरेको गोल नै भारतलाई फाइनल पुर्याउन निणर्ायक साविक बन्यो । यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको भारतलाई फाइनल पुग्न नेपालविरुद्ध खेल जित्नैपर्ने थियो । नेपालले भने हार टारे पुग्ने थियो । तर भारत नेपाललाई हराउँदै फाइनल पुग्न सफल भयो ।
कुनै पनि खेलमा भारतसँग खेल्नु नेपालको लागि चुनौतीपूर्ण बन्दै आएको छ । प्रशिक्षक हरि ओम श्रेष्ठले पनि भारतलाई हराउने लक्ष्य रहेको बताएका थिए । तर सफल हुन सकेन ।
बंगलादेशविरुद्ध बदला लिने चाहना अधुरै
सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणको प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । समूह चरण र फाइनल गरी दुई पटक नेपाल बंगलादेशसँग हारेको थियो ।
कप्तान अन्जनासहित राष्ट्रिय टिमका ६ खेलाडी रहेको टिमले यस पटक बंगलादेशविरुद्ध बदला लिने लक्ष्य बनाए पनि त्यो सफल हुन सकेन । पहिलो खेलमै बंगलादेशसँग खेल्दा नेपालले बराबरी खेल्दै अंक बाँड्नुपर्यो ।
कप्तान अन्जना र डिफेण्डर विमला विकले शानदार प्रदर्शन गर्दा नेपाल हारबाट जोगिएको थियो । तीन वर्षअघि व्यहोरेको दुई हारको बदला लिने चाहना यस पटक अधुरै रह्यो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने