
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
रामबहादुर थापा
बागलुङ, २७ मङ्सिर । चिसो याममा पनि तिरुपति बालाजीधामको माहोल भने गर्माएको छ । शुक्रबारदेखि चलिरहेको राष्ट्रिय लोकभजन महोत्सवले त्यस पवित्रस्थलमा बेग्लै रौनक थपेको हो । महोत्सवमा भक्तजन/दर्शकको दैनिक भीड लागिरहेको छ ।
त्यहाँ पुग्दा कोही भजनमा मुग्ध देखिन्छन्, कोही नाचेर रमाइरहेका । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम यतिबेला भक्तिसङ्गीतले गुञ्जायमान छ । मङ्गलबारसम्म चल्ने महोत्सवमा विभिन्न जिल्लाका ४० भन्दा बढी समूहले लोकभजन प्रस्तुत गर्ने आयोजक समितिका संयोजक राजु खड्काले बताउनुभयो ।
गीता जयन्तीको सन्दर्भ पारेर महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । धाम परिसरमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको दोस्रो वार्षिकोत्सव पनि यहीबेला परेको छ । नेपाली सभ्यता र संस्कृतिसँग जोडिएको लोकभजन जगेर्नाका लागि महोत्सव आयोजना गरिएको संयोजक खड्काले बताउनुभयो ।
“हाम्रो मौलिक परम्पराको रुपमा रहेको लोकभजनको संरक्षण होस्, नेपाली भजन संस्कृतिमा नयाँ जागरण आओस् भनेर महोत्सव राखेका हौँ”, उहाँले भन्नुभयो । आइतबारसम्ममा २३ भजन समूहले महोत्सवमा भाग लिएका छन् । भजन समूहका कलाकारको आउजाउका लागि यातायात खर्चको प्रबन्ध आयोजकले गरेको छ । गोरखा, तनहुँ, लमजुङ, कास्कीलगायत छिमेकी जिल्लाका कलाकार समूहमार्फत महोत्समा सहभागी भएका हुन् ।
महोत्सवमा सहभागी भजन समूहले गायनसँगै भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतार्ने गरेका छन् । धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाईसमेत उठान गरेर गाउने भजन समूहले पनि महोत्सवमा भाग लिइरहेका छन् ।
“सन्देशमूलक भजन गाउने गरिए पनि भजनको मूल चरित्र चाहिँ ईश्वरीय कथा, गाथा, भगवानको गुणगान गाउनु नै हो”, जैमिनी सङ्र्कीतन समूहका अध्यक्ष टेकबहादुर क्षत्री ‘सङ्गम’ले भन्नुभयो । भजनले आत्मिक शान्ति दिने र मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने उहाँको भनाइ छ । देवी, देउताको गुणगान र वर्णन गरेर भजन गाउने गरिन्छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणीक कथा अभिव्यक्त हुने गरेको छ ।
कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो समय मेला, महोत्सवमा ठाउँ लिँदै गएको छ । यसअघि लगातार दुई वर्षसम्म महाशिवरात्रिमा काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा राष्ट्रिय लोकभजन प्रतियोगिता आयोजना गरिएको थियो ।
पश्चिमा संस्कृति हावी भइरहेका बेला नेपाली मौलिक संस्कृतिका रुपमा रहेको लोकभजनको उत्थानका लागि यस किसिमका महोत्सव र प्रतियोगिताले टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सव अवलोकनपछि बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भजन सत्सङ्गको सरल माध्यम भएको प्रतिक्रिया दिनुभयो ।
“सत्कर्ममा लाग्न र ज्ञान प्राप्तिको एउटा माध्यमको रुपमा भजन, सङ्र्कीतनलाई लिने गरिन्छ”, उहाँले भन्नुभयो । महोत्सवले धाममा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालय र श्री रङ्गबेङ्कटेश मुक्तिनारायण मन्दिरको महत्वसमेत थप उजागर गरेको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
महोत्सवमा आउने भक्तजन÷दर्शकले शालग्राम सङ्ग्रहालय अवलोकनको समेत मौका पाएका छन् । उक्त सङ्ग्रहालयमा सवा लाख शालग्राम शिला राखिएको छ । भगवान विष्णुको प्रतिकका रुपमा पूजिने शालग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ ।
महोत्सवमा गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुली, भजन गायक रेशम सापकोटालगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको शुक्रबार गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुभारम्भ गर्नुभएको थियो । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !