
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
रामबहादुर थापा
बागलुङ, २७ मङ्सिर । चिसो याममा पनि तिरुपति बालाजीधामको माहोल भने गर्माएको छ । शुक्रबारदेखि चलिरहेको राष्ट्रिय लोकभजन महोत्सवले त्यस पवित्रस्थलमा बेग्लै रौनक थपेको हो । महोत्सवमा भक्तजन/दर्शकको दैनिक भीड लागिरहेको छ ।
त्यहाँ पुग्दा कोही भजनमा मुग्ध देखिन्छन्, कोही नाचेर रमाइरहेका । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम यतिबेला भक्तिसङ्गीतले गुञ्जायमान छ । मङ्गलबारसम्म चल्ने महोत्सवमा विभिन्न जिल्लाका ४० भन्दा बढी समूहले लोकभजन प्रस्तुत गर्ने आयोजक समितिका संयोजक राजु खड्काले बताउनुभयो ।
गीता जयन्तीको सन्दर्भ पारेर महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । धाम परिसरमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको दोस्रो वार्षिकोत्सव पनि यहीबेला परेको छ । नेपाली सभ्यता र संस्कृतिसँग जोडिएको लोकभजन जगेर्नाका लागि महोत्सव आयोजना गरिएको संयोजक खड्काले बताउनुभयो ।
“हाम्रो मौलिक परम्पराको रुपमा रहेको लोकभजनको संरक्षण होस्, नेपाली भजन संस्कृतिमा नयाँ जागरण आओस् भनेर महोत्सव राखेका हौँ”, उहाँले भन्नुभयो । आइतबारसम्ममा २३ भजन समूहले महोत्सवमा भाग लिएका छन् । भजन समूहका कलाकारको आउजाउका लागि यातायात खर्चको प्रबन्ध आयोजकले गरेको छ । गोरखा, तनहुँ, लमजुङ, कास्कीलगायत छिमेकी जिल्लाका कलाकार समूहमार्फत महोत्समा सहभागी भएका हुन् ।
महोत्सवमा सहभागी भजन समूहले गायनसँगै भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतार्ने गरेका छन् । धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाईसमेत उठान गरेर गाउने भजन समूहले पनि महोत्सवमा भाग लिइरहेका छन् ।
“सन्देशमूलक भजन गाउने गरिए पनि भजनको मूल चरित्र चाहिँ ईश्वरीय कथा, गाथा, भगवानको गुणगान गाउनु नै हो”, जैमिनी सङ्र्कीतन समूहका अध्यक्ष टेकबहादुर क्षत्री ‘सङ्गम’ले भन्नुभयो । भजनले आत्मिक शान्ति दिने र मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने उहाँको भनाइ छ । देवी, देउताको गुणगान र वर्णन गरेर भजन गाउने गरिन्छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणीक कथा अभिव्यक्त हुने गरेको छ ।
कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो समय मेला, महोत्सवमा ठाउँ लिँदै गएको छ । यसअघि लगातार दुई वर्षसम्म महाशिवरात्रिमा काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा राष्ट्रिय लोकभजन प्रतियोगिता आयोजना गरिएको थियो ।
पश्चिमा संस्कृति हावी भइरहेका बेला नेपाली मौलिक संस्कृतिका रुपमा रहेको लोकभजनको उत्थानका लागि यस किसिमका महोत्सव र प्रतियोगिताले टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सव अवलोकनपछि बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भजन सत्सङ्गको सरल माध्यम भएको प्रतिक्रिया दिनुभयो ।
“सत्कर्ममा लाग्न र ज्ञान प्राप्तिको एउटा माध्यमको रुपमा भजन, सङ्र्कीतनलाई लिने गरिन्छ”, उहाँले भन्नुभयो । महोत्सवले धाममा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालय र श्री रङ्गबेङ्कटेश मुक्तिनारायण मन्दिरको महत्वसमेत थप उजागर गरेको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
महोत्सवमा आउने भक्तजन÷दर्शकले शालग्राम सङ्ग्रहालय अवलोकनको समेत मौका पाएका छन् । उक्त सङ्ग्रहालयमा सवा लाख शालग्राम शिला राखिएको छ । भगवान विष्णुको प्रतिकका रुपमा पूजिने शालग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ ।
महोत्सवमा गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुली, भजन गायक रेशम सापकोटालगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको शुक्रबार गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुभारम्भ गर्नुभएको थियो । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन