
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडाै । टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।
ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले बुधवार दक्षिण भारतको हैदराबाद सहरमा पक्राउ गरेको हो। टी२० विश्वकपमा पाकिस्तान र न्यूजील्यान्डसँग हारेको भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ।
लाजमर्दो पराजय भोगेको भन्दै अनलाइन माध्यममा भारतीय खेलाडी र सम्पूर्ण टोलीको चर्को आलोचना गरिएको छ। केही मानिसले त खेलाडीहरूको अपमान हुनेगरी टिप्पणी पनि गरेका छन्।
पाकिस्तानसँग पहिलो खेलमै पराजय भोगेपछि भारतीय टोलीको मानमर्दन हुन थालेको हो। यो प्रतियोगितामा भारतले पहिलो खेलमै पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। भारत विश्वकपमा पहिलो पटक पाकिस्तानसँग हार्न पुग्यो।
प्रतियोगिता सुरु हुनुअघि भारतलाई उपाधिको दाबेदार मानिएको थियो। तर सेमिफाइनल पनि नपुगी प्रतियोगिताबाट बाहिरिएपछि समर्थकहरू आक्रोशित भएका छन्। भारत र पाकिस्तानबीच सुमधुर सम्बन्ध छैन। अनि क्रिकेट खेलका कारण दुई देशमा बेलाबेलामा तनाव पनि बढ्ने गर्छ।
पकिस्तानसँग हारेपछि भारतीय टोलीमा भएका एक मात्र मुस्लिम खेलाडी मोहम्मद शमीविरुद्ध धेरै जनाले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेका थिए। उनले जानीजानी पाकिस्तानलाई रन दिएको आरोप लगाउँदै केही प्रयोगकर्ताले उनलाई “राष्ट्रघाती” को सङ्ज्ञा पनि दिएका थिए।
शमीको मानमर्दन भएपछि त्यसको प्रतिवादमा बोलेका कोहलीविरुद्ध पनि आलोचकहरू खनिए। धर्मका कारण शमीमाथि आक्रमण गरेको भन्दै कोहलीले भारतीय टोली शमीको समर्थनमा “२०० प्रतिशत” उभिएको प्रतिक्रिया दिएका थिए।
उनको प्रतिक्रियाले तरङ्ग उत्पन्न भयो। आक्रोशित समर्थकहरू कोहली र उनकी अभिनेत्री पत्नी अनुष्का शर्माविरुद्ध खनिए। विगतमा पनि भारतीय क्रिकेट समर्थकहरूले उनकै कारण भारतीय टोलीले राम्ररी खेल्न नसकेको भन्दै शर्मालाई ‘ट्रोल’ गर्ने गरेका थिए।
अहिले के भएको हो?
अनलाइन माध्यममा महिलाहरूको व्यापक ट्रोल हुने गरेको भए पनि तथा पीडितहरूले हिंसक र घीनलाग्दा ध’म्की पाएको उजरी दिँदा पनि त्यसो गर्ने मानिस हतपत पक्राउ पर्दैनन्।
प्रहरीका अनुसार विभिन्न ट्विटर प्रयोगकर्ताबारे मुम्बईमा जारी एउटा अनुसन्धानका क्रममा बुधवार हैदराबादमा एक सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको हो। ती प्रयोगकर्ताहरूले कोहली र शर्माविरुद्ध अपमानजनक टिप्पणी गरेको बताइएको छ।
एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए। दिल्ली महिला आयोगले पनि दिल्ली प्रहरीलाई १० महिने बालिकाविरुद्ध दिइएको धम्कीबारे पत्र पठाएको थियो।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अहिले पक्राउ परेका व्यक्ति हैदरावादमा बस्ने २३ वर्षीय इन्जिनियर हुन्।
उनले दिएको भनिएको धम्कीका स्क्रीशटहरू भाइरल भएपछि ती व्यक्तिले ट्विटरमा नाम फेरेर पाकिस्तानी नागरिकका रूपमा प्रस्तुत गर्न खोजेको बताइन्छ। तथ्यजाँच गर्ने एउटा भारतीय वेबसाइटले पछि ती व्यक्ति भारतीय नै भएको पत्ता लगाएको थियो।