
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् ।
पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो । मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्, ‘हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।’
मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो । जुलाईमा फेसन पत्रिका भोगसँगको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘म कुरा बुझ्दिनँ कि मानिसहरु विवाह किन गर्छन् । तपाईंलाई जीवनसाथी चाहिन्छ भने तपाईं कागजमा किन हस्ताक्षर गर्नुहुन्छ ? यो पार्टनरसीप किन हुन सक्दैन ।’ उनले थपिन्, ‘मेरो आमा भन्छिन्… भुलेर पनि यस्ता कुरा नगर्नु । तिमी विवाह गर्नुपर्छ र विवाह एक सुन्दर चिज हो ।’
मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२ मा घातक हमला भएको थियो । मलाला त्यतिबेला १५ वर्षकी थिइन् । उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन् । यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए । यसबाट मलाला र उनका दुई साथी घाइते भएका थिए ।

त्यसपछि उनलाई उपचारका लागि इंग्ल्याण्ड पठाइएको थियो । ठिक भएपछि उनी शिक्षाका लागि त्यही बसिन् । सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन् ।