
१‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ ।
सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।
स्कटल्यान्डको ग्लास्गोमा १४ नोभेम्बरसम्म चल्ने सम्मेलनमा दुवै देशले आफ्ना प्रतिनिधि भने पठाएका छन् । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । त्यस्तै युरोपेली युनियन, भारत र रसिया क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनमा सी र पुटिन अनुपस्थित भएको भन्दै उनीहरूको चर्को आलोचना गरे । वर्तमान समयमा जलवायु महत्वपूर्ण मुद्दा भएको र त्यसबाट दुबै देश भाग्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । राष्ट्रपति सी सम्मेलनमा सहभागी नभएर गम्भीर ‘भूल’ गरेकोसमेत उनले आरोप लगाए ।
बाइडनले रसियाको जंगल डढेलोले सखाप हुँदा पुटिन टुलुटुलु हरेर बसेको र वन संरक्षणका मुद्दामा मौन बसेको आरोप लगाए । वन जंगल संरक्षण गर्ने सवालमा चीन र रसिया दुबै एकमत छन् । सन् २०३० सम्ममा वन फडानी समाप्त गर्ने प्रतिबद्धतामा रसिया र चीन दुबैले हस्ताक्षर गरेका छन् ।
गत वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल गर्ने घोषणा गरेका थिए । जति हरितगृह ग्यास उत्सर्जन हुन्छ त्यतिनै मात्रामा त्यसलाई वातावरणबाट सोस्ने प्रक्रियालाई कार्बन न्यूट्रल भनिन्छ । उद्योग, कलकारखाना, यातायातका साधनमा प्रयोग हुने इन्धनबाट हाम्रो वायुमन्डलमा कार्बन उत्सर्जन हुन्छ ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पुटिन अनुपस्थित हुने दुई महिनाअघि नै रसियाली प्रशासन क्रेमलिनले जानाकारी दिएको थियो । पुटिनको अनुपस्थितिलाई क्रेमलिनले कोभिड महामारीसँग जोडेको छ । अहिले पनि धेरै रसियाली कोभिडबाट संक्रमित छन् ।
त्यहाँ कोभिडबाट पछिल्लो एक महिनादेखि दैनिक औषतमा एक हजार जनाको मृत्यु भएको छ । रसियाको आधा भन्दा बढी जनसंख्याले खोप लगाएको छैन् । तर, एक महिनाअघि भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रसियालाई सन् २०६० सम्ममा कार्बन न्यूट्रलको अवस्थामा पुर्याउने पुटिनले प्रतिबद्धता जनाएका थिए ।
यसअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकाले हात निकालेपछि चीन र रसियाले वासिंगटनको चर्को बिरोध गरेका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन् २०१५ मा भएको एतिहासिक पेरिस सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए ।
तर, बाइडेन प्रशासनले अमेरिका सो सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ । ट्रम्पको निर्णयपछि सम्झौताको भविश्यका बारेमा विभिन्न आशंका उब्जिएका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त