
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ ।
सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।
स्कटल्यान्डको ग्लास्गोमा १४ नोभेम्बरसम्म चल्ने सम्मेलनमा दुवै देशले आफ्ना प्रतिनिधि भने पठाएका छन् । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । त्यस्तै युरोपेली युनियन, भारत र रसिया क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनमा सी र पुटिन अनुपस्थित भएको भन्दै उनीहरूको चर्को आलोचना गरे । वर्तमान समयमा जलवायु महत्वपूर्ण मुद्दा भएको र त्यसबाट दुबै देश भाग्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । राष्ट्रपति सी सम्मेलनमा सहभागी नभएर गम्भीर ‘भूल’ गरेकोसमेत उनले आरोप लगाए ।
बाइडनले रसियाको जंगल डढेलोले सखाप हुँदा पुटिन टुलुटुलु हरेर बसेको र वन संरक्षणका मुद्दामा मौन बसेको आरोप लगाए । वन जंगल संरक्षण गर्ने सवालमा चीन र रसिया दुबै एकमत छन् । सन् २०३० सम्ममा वन फडानी समाप्त गर्ने प्रतिबद्धतामा रसिया र चीन दुबैले हस्ताक्षर गरेका छन् ।
गत वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल गर्ने घोषणा गरेका थिए । जति हरितगृह ग्यास उत्सर्जन हुन्छ त्यतिनै मात्रामा त्यसलाई वातावरणबाट सोस्ने प्रक्रियालाई कार्बन न्यूट्रल भनिन्छ । उद्योग, कलकारखाना, यातायातका साधनमा प्रयोग हुने इन्धनबाट हाम्रो वायुमन्डलमा कार्बन उत्सर्जन हुन्छ ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पुटिन अनुपस्थित हुने दुई महिनाअघि नै रसियाली प्रशासन क्रेमलिनले जानाकारी दिएको थियो । पुटिनको अनुपस्थितिलाई क्रेमलिनले कोभिड महामारीसँग जोडेको छ । अहिले पनि धेरै रसियाली कोभिडबाट संक्रमित छन् ।
त्यहाँ कोभिडबाट पछिल्लो एक महिनादेखि दैनिक औषतमा एक हजार जनाको मृत्यु भएको छ । रसियाको आधा भन्दा बढी जनसंख्याले खोप लगाएको छैन् । तर, एक महिनाअघि भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रसियालाई सन् २०६० सम्ममा कार्बन न्यूट्रलको अवस्थामा पुर्याउने पुटिनले प्रतिबद्धता जनाएका थिए ।
यसअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकाले हात निकालेपछि चीन र रसियाले वासिंगटनको चर्को बिरोध गरेका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन् २०१५ मा भएको एतिहासिक पेरिस सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए ।
तर, बाइडेन प्रशासनले अमेरिका सो सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ । ट्रम्पको निर्णयपछि सम्झौताको भविश्यका बारेमा विभिन्न आशंका उब्जिएका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर