
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौँ । सम्मानजनक बहिर्गमनको माग गरेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अल्मल्याउने नीति लिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले आज बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्ने निर्णय गरेका छन् ।
सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँगको छलफलपछि प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमन भन्दै राखेको प्रस्ताव न्यायाधीशहरुले अस्वीकार गरेका हुन् ।
जबराको सम्मानजनक बहिर्गमनको प्रस्तावमा न्यायाधीशहरूबीच मंगलबार भएको सामूहिक छलफलमा न्यायालय सुधारको माग बेवास्ता गरेको र अल्मल्याउने नीति मात्रै लिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट भएका हुन् ।
‘न्यायालयलाई निकास दिनूहोस् भन्ने हाम्रो अडान यथावत छ, निकासका लागि सहजीकरण गर्नू पर्नेमा उल्टो अल्मल्याउने कोसिस भयो, सोमबार हामीले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेकोमा उहाँले हाम्रो कमजोरी ठान्नू भएछ । हामी उहाँले निकास नदिइ मुद्दा नहेर्ने अवस्थामा पुगेका छौँ’, एक न्यायाधीशले भने ।
न्यायाधीशहरु आन्तरिक छलफलमा रहेकाले आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ नै नभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पनि पुष्टि गरेका छन् । ‘बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि पेशी तोकिए पनि माननीय न्यायाधीशहरु आन्तरिक छलफलमै रहेकाले आज बेञ्च नै बसेन’, दाहालले भने ।
जबराले आज ६ इज लासमा १० थान बन्दी प्रत्यक्षीकरणका मुद्दा तोकेका थिए । जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरूले सोमबार भने बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका थिए ।
इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा सिंगो न्यायिक वृत्त नै उनको विपक्षमा छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा