
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडाै । लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन्। यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए।
रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो। यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन्।
एउटा रेलले सुरूङभित्र कुदिरहेको अवस्थामा कुनै वस्तुलाई ठक्कर दिएको थियो। त्यही बेला दोस्रो रेल अघिल्लो रेलसँग जुध्दा दुर्घटना भएको हो। रेल्वे ट्रयाकमा रहेका संकेत चिह्नहरूको समस्याले दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटना हुँदा रेलमा रहेकी एन्जेला म्याटिंग्ली भन्छिन्, ‘रेल गुड्दा गुड्दै अचानक चारैतिर अन्धकार भयो। रातो बत्तीहरू झिलिक झिलिक बलेको मात्र देख्यौं।’
‘त्यसपछि रेल बेस्कन हल्लियो र घद्रकघद्रक गर्दै निकै बेर उफार्यो,’ उनले भनिन्, ‘मैले सम्झेसम्म केही यात्रुहरू आफ्नो सिटबाट उछिट्टिएका थिए। उनीहरूको टाउकोमा चोट लागेको हुनुपर्छ।’
‘केही समय त मलाई के भयो भन्ने नै होस भएन, होसमा आउँदा चारैतिर अफरातफरी मच्चिएको थियो,’ उनले भनिन्। डर्बीकी ५१ वर्षीया काेरिना एन्डरसन पनि लन्डनको वाटरलूबाट आफ्नो साथी भेट्न सेलिसबरी जाँदै थिइन्।
रेल गुड्दा गुड्दै उनले एक्कासि ठूलो आवाज आएको सुनिन् र आफ्नो सिटबाट हुत्तिएर रेलको भित्तामा जोडसँग बजारिन पुगिन्। आकस्मिक स्वास्थ्य सेवामा तालिमप्राप्त एन्डरसनले भनिन्, ‘मैले केही बेरमा आफूलाई सम्हालेँ। त्यसपछि दुर्घटनामा घाइतेहरूको उद्धार गर्नमा मेरो ध्यान गयो।’
लन्डन रेल्वेका प्रवक्ताले पोर्टसमाउथ हार्बरबाट ब्रिसटल टेम्पल गइरहेको ग्रेट वेस्टर्न रेल्वे सर्भिस सुरूङभित्र कुनै वस्तुमा ठोक्किँदा लिकबाट बाहिर उछिट्टिएको बताएको छ। त्यही क्रममा अर्को लिकबाट कुदिरहेको रेलसँग जुधेको प्रवक्ताको भनाइ छ। त्यो रेल लन्डल वाटरलूबाट होनिटन जाँदै थियो।