
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडाै । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाएका हुन् ।
उनले भने, ‘हामीले भद्र कार्यक्रम गरिरहेका छौँ । हामीले अदालत बहिष्कार गरेका छैनौँ । इजलास हामीले बहिष्कार गरेका छैनौँ । अदालतमा मुद्दा सुनुवाइ गर्न स्थगित गर्न भनेका छैनौँ । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरूको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ । तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्ग प्रशस्त गर्नुहोस् । सम्माननीय प्रधानन्यायाधीशको प्रतिष्ठा र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पनि मार्ग प्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले इतिहास लेखिनेछ। उहाँले मार्ग प्रशस्त गरे सबैको हित हुन्छ ।’
उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरूले मार्ग प्रशस्त गर्नुहोस् भनेको स्मरण गराए । उनले आफूहरूले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।
उनले भने,‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरूको नाम सार्वजनिक गर्नुहोस् भन्यौँ । प्रारम्भदेखि यी विषय उठाएका छौँ । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौँ । राजनीतिक दलहरूको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौँ । दलहरूबाट न्यायपालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरूलाई पदक दिने काम भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले खेलेको भूमिका, न्यायाधीशहरूलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायपालिकाको गरिमा भङ्ग हुनेछ ।’
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा