
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडाै । दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ।
शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
पुनितको निधनपछि कर्नाटक शोकमा डुबेको छ। राज्यका सबै थिएटर बन्द गरिएका छन्। उनका प्रशंसकहरुलाई नियन्त्रणमा राख्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियाे। पुनितको निधनमा शोक व्यक्त गर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईसमेत अस्पताल पुगेका थिए।
पुनितका पिता समेत दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थिए। उनी कन्नड फिल्मका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड मिलेको थियो।
राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका पुनितले भने आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए। पुनितको निधनप्रति यतिखेर भारतका थुप्रै कलाकारहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।