
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
कर्णाली । दैलेख-सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ ।
माथिल्लो कर्णाली जाने यात्रुहरुले समेत यही सडक प्रयोग गर्ने हुँदा गुराँसेमा यात्रुहरुको बाक्लो चाप हुने गर्दछ । कोरोना भाइरसको त्रासका बीच पनि यात्रुहरुको रोजाइँमा भ्यूटावर बन्ने गरेको छ । अग्लो डाँडा, त्यसैमाथि भ्यूटावर, फूलसहितको गुराँसको रुख, रुखमा बसेका डाँफेलगायतका चराको आकृति देख्न पाइन्छ यहाँ । भ्यूटावर निर्माण समितिका अध्यक्ष मानबहादुर घर्तीले गुराँसको प्रवद्र्धन गर्ने उद्देश्यले उद्यान निर्माण गरेको बताउनुभयो । “गुराँसैगुराँसको जङ्गल भएकाले गाउँपालिकाको नामकरण गुराँसबाट गरियो, गुराँस नफुल्ने याममा समेत गुराँस देखाउन उद्यान बनाएका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा पर्यटकको आकर्षण बढ्यो ।”
भ्यूटावरबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिमका विभिन्न भूभागदेखि सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट घुमफिरका लागि त्यहाँ पुग्नेहरुको सङ्ख्या उत्तिकै हुन्छ । अझ यो सङ्ख्या बिदाका दिन बढी हुने गरेको स्थानीयवासी बताउँछन् । भ्यूटावर तथा उद्यानका कारण चहलपहल बढ्नुका साथै आसपासका होटल व्यवसायले गति लिन थालेका छन् ।
गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गुराँस उद्यान गाउँपालिकाको पहिचानसँग जोडिएको बताउनुभयो । “फोटो÷सेल्फी लिनेको थामिनसक्नु भीडभाड हुन्छ, यहाँ आउनेहरु सबै आनन्दित भएर फर्कने गरेका छन्”, उहाँले भन्नुभयो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा डिभिजन वन कार्यालय दैलेखले उपभोक्ता समितिमार्फत भ्यूटावर निर्माण गरेको हो । रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ