
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले पक्राउ गरेका एक जना कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया पूरा गरेर अमेरिकालाई हस्तान्तरण गर्न लागिएको हो।
५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट गत शनिबार पक्राउ गरिएको थियो। उनीमाथि ठुलो परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।
उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।
पक्राउ परेपछि उसुगाले सुरक्षाकर्मीसँग ‘तिमीहरूले मलाई हरायौ’ भनेका थिए। कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख इनाम दिने घोषणा गरेको थियो।
अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो। राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको बताएका छन्।
उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए। उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन्। कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो।
कोलम्बियाका न्याय मन्त्री विल्सन रूइजले उसुगालाई जतिसक्यो छिटो अमेरिकालाई सुपुर्दगी गर्ने तयारी भइरहेको र सबै प्रक्रिया पूरा गर्न कम्तीमा दुई साता लाग्ने बताएका छन्।
अमेरिकाको न्युयोर्क, मियामीलगायत ठाउँमा उसुगाविरूद्ध विभिन्न मुद्दाहरू छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ