
१बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
३न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
४डा. गोविन्द केसी पुन: आन्दोलनमा
५विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
६विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
७प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
८न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
९सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
१०डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
११सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
१२चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
बुटवल . किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए । ९३ हजार ५७६ हेक्टरमा काटेर तयारी अवस्थामा रहेको र ढलेको धानखेती वर्षाले क्षति पुर्याएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।
काट्न बाँकी रहेको धानमा भने क्षति नभएको भन्दै देवकोटाले क्षति भएका किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसँग निर्देशनालयले समन्वय गरिरहेको बताए ।
लुम्बिनी प्रदेशमा पर्ने तराइका अधिकांश जिल्लामा धान पाकिसकेको थियो । केही ठाउँमा पाक्ने क्रममा थियो । पानी परेपछि काटेर सुकाएका धानबालीमा वर्षाले ठूलो क्षति पुर्याएको हो ।
‘पछिल्लो धानमा खासै असर पुगेको छ, पाक्न लागेको र नढलेको धानमा पनि असर पुगेको छैन’, देवकोटाले भने । समयमा पानी परेको र मल पनि समयमै उपलव्ध भएकाले यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।
कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशमा प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । यो हिसावले लुम्बिनीमा ३६ हजार ४८० हेक्टर खेतबाट एकलाख २७ हजार ६८० मेट्रिक टन धानमा वर्षाले क्षति पुर्याएको छ ।
धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो ।
रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् । रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।