
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ । दशैँका लागि किनबेच हुने खसीबोकाको मूल्य तय भएको छ ।
दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकेको छ ।
कम्पनीले काठमाडौँको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैँका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६४० रुपैयाँमा बिक्री वितरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने पनि बताए ।
कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरूको चाप बढेकाले आवस्यक्ता अनुसार थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए ।
दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको उनले बताए । कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ ।