
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । स्वास्थ्य तथा तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका नेता खतिवडाले नेकपा (एमाले) र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।
वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले निवर्तमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भएका र अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार नियुक्त भएको स्पष्ट पारे । मन्त्री खतिवडाले भने, ‘अहिलेको सरकार परमादेशको सरकार होइन, संविधानबमोजिम राष्ट्रपतिकामा बहुमत सांसद गएका हौँ । केपी ओली बन्दा जसरी सांसदको दस्तखत गरेर सरकार बनेको हो, अहिले पनि त्यही सांसदका दस्तखतबाट सरकार निर्माण भएको छ ।’
स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताए ।
पार्टीका गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले पार्टीको पछिल्लो बैठकले लिएका नीति,कार्यक्रम तथा कार्ययोजनालाई तल्लो तहसम्म लैजान कार्यकर्तालाई आग्रह गरे । जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वटै वडामा पार्टी कमिटी निर्माणको काम अघि बढिरहेको जानकारी दिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, स्वास्थ्यमन्त्री मधु अधिकारी, एकीकृत समाजवादीका पोलिटब्युरो तथा केन्द्रीय सदस्य, अन्य राजनीतिक दलका जिल्लास्थित नेता, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।