News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

माधव नेपालको पार्टीमा जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ ।

नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो ।

८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए ।

राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे । कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै आएका थिए ।

डनन्यूज ट्रेन्डिङ