
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
काभ्रे। जिल्लाको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ। स्वास्थ्य संस्थामार्फत् सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो। गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ।
वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गरे। उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत् छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत् वडाबाट प्रदान गरिने पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत दुई हजार, एम्बुलेन्स खर्चबापत एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप दुई हजार र चार पटक गर्भ जाँच गराएबापतको ८०० रुपैयाँ एकमुष्ट रूपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिए। उनले भने, ‘छोरी जन्माउने आमालाई निरन्तर सम्मान गर्दै जानेछौं, आमा र शिशुका लागि पोषणयुक्त खानपानमा वडाद्वारा आर्थिक सहयोग दिन थालेका छौं।’
नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको छ। नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए।
नगर उपप्रमुख रामदेवी तामाङले नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताए।
‘छोराको आसमा दुईभन्दा बढी सन्तान नजन्माउनुहोस्, छोरी पनि छोरासरह हुन् भन्ने मानसिकता बनाउनुपर्छ, यस विभेदलाई पूर्ण रूपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ,’ उनले भनिन्।
यसैबीच रोशी गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। गाउँपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा एम्बुलेन्सले भाडा लिन नपाउने तथा यदि लिएको पाइए तत्काल कार्यलयमा खबर गर्न अपिल गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग