
१सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
२काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
३सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
४नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
५अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
६१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
७काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
८ओली र लेखक पाँच दिन थुनामा
९तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
१०सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
११काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
१२भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, ११ भदौ । रतन पाण्डे माध्यमिक विद्यालय पोखरा–१३ मा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरिएको छ ।
स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता बराल र द्वितीय विनिता भुजेललाई जनही २५/२५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।
विद्यार्थीलाई पुरस्कृत गर्दै वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले शैक्षिक गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो । वडा क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तीयता अभिबृद्धिलाई आँफूहरूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बरालले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै विद्यार्थी, शिक्षक, र अभिभावकको संयुक्त प्रयासमा विद्यालयलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय निरिक्षक बद्री सुवेदीले विद्यार्थीको सिकाईमा उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई गरिने सम्मान तथा पुरस्कारले उनीहरूलाई उत्प्रेरित गर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्या चुनौतीका रुपमा रहेको बताउँदै उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थी तथा अभिभावकले विश्वास गर्ने किसिमको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
स्व.बोधराज बराल स्मृति जेहेन्दार छात्रबृत्ति कोषका संस्थापक डा.दीपक बरालले जेहेन्दार विद्यार्थीलाई लक्षित गरी अक्षय कोष स्थापना गरिएको बताउँदै आगामी दिनमा उक्त कोषलाई अझै बढाएर लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि निरन्तर प्रयास राखिएको बताउँदै यसका लागि विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
उक्त अवसरमा विद्यालयमा लामो समयदेखि शिक्षण गरी सेवा निबृत्त हुनुभएका सरस्वती बराल र सुनिता बराललाई विदाई तथा नवागन्तुक शिक्षकलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा सम्मानित विद्यार्थीहरू र निबृत्त शिक्षक सरस्वती बरालले विद्यालयमा अध्ययन अध्यापन गर्दाका अनुभूति प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा गोविन्द देवकोटा, पूर्व अध्यक्ष देवराज पौडेल, मीन बहादुर केसी लगायतले सम्पूर्ण विद्यार्थीको उज्वल भविष्यका साथै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो ।




१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने