News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

महाधिवेशन प्रतिनिधि हारे पनि कांग्रेसको जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

काठमाडाैं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्। कांग्रेस निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।

यो नियम कांग्रेसले हटाएको छ। दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति मात्रै जिल्ला सभापति पदको उम्मेदवार हुन पाउँछन्।

तर महाधिवेशन प्रतिनिधि हारेका व्यक्ति सभापतिबाहेक पदमा उठ्न पाइने भएको हो।