
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं। चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ । चितवनले यसअघि विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ लाई पराजित गरेको थियो भने अब ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग खेल्न बाँकी छ । उता तेस्रो खेल खेल्दा पोखराको यो पहिलो हार हो ।
अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद र भिम शार्कीले शतकीय साझेदारी गरेपछि पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा गर्यो । दुवैले अर्धशतक प्रहार गरे । शाहाजाद र शार्कीले दोस्रो विकेटका लागि अविजित १२२ रनको साझेदारी गरे ।
ओपनर इशान पाण्डे ७ बल खेलेर खाता नखोली दोस्रो ओभरमा आउट हुँदा चितवनको स्कोर जम्मा २ रन थियो । त्यसपछि शाहजाद र भिम शार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चितवनलाई जित दिलाए । शाहजादले ५२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै शार्कीले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए ।
पोखराका विक्रम सोबले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
टप अर्डर फ्लप हुँदा लोअर अर्डरका युवा अलराउण्डर विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेकले ४५ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित ५३ रन बनाए । ४२ रनमै ५ विकेट गुमाएको पोखराका लागि विवेकले छैटौं विकेटका लागि असेला गुनारत्नेसंग ५६ रनको साझेदारी गरेका थिए । गुनारत्नेले २६ बल खेल्दै १ चौका मद्दतमा २५ रन जोडे ।
ओपनर रिचर्ड लेभीले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २० रन जोडे । रित गौतम २, कप्तान विनोद भण्डारी ५ र लोकेश बम ८ रन बनाएर आउट भए भने सुनिल धमला र विक्रम सोबले खाता समेत खोल्न सकेनन् । केज्रिक विलियम्स २ रनमा अविजित रहे ।
चितवनका कमल सिंह ऐरी र शाहब आलमले २-२ विकेट लिए । शाहबले ४ ओभरमा १७ रन मात्र खर्चिए भने कमलले ४ ओभरमा ४० रन खर्चिए ।सबैभन्दा किफायती बलर बनेका कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चिएर १ विकेट लिए ।