
१रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
३प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
४सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
५‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
६कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
७हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१०भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
११२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
आउने अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान थाल्ने तयारी
पोखरा, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् ।
निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्र्याउनु पर्ने उनको भनाइ थियो ।
पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै उनले सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने बताए । अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेको त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे ।
विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएको त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ । मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सबाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’
अनुगमनमा मन्त्रीहरु कुमार खड्का, रामजीप्रसाद बराल जीवन, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सहभागी थिए । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले एअरपोर्टको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराए । हाल चिनिया १ सय ८५ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको र १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेको उनले बताए । २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए ।
उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको उनले बताए । उनले भने, ‘सरकारी वनतर्फको कटान सुरु गर्न पुन एआइए गर्नुपर्ने छ ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको जानकारी उनले गराए । विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न आयोजना प्रमुख मुनकर्मीले आग्रह गरे ।
उक्त अवसरमा पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले २०२२ को जनबरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको बताए । उनले त्यसको १ वर्षभित्रमा अन्तराष्ट्रिय उडान गर्न सकिने भनाइ राखे । उनले विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारका बारेमा समेत जानकारी गराए ।
उक्त अवसरमा कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको भनाइ राखे । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अरु सबै कुरा छाडेर पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विमानस्थलको छेउखण्ड भत्किइरहेको छ, अर्को वर्ष गरौंला भनेर कुर्ने अवस्था छैन, बजेट व्यवस्थापन गरेर तत्काल काम थाल्नुपर्छ ।’
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !