
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
गुणस्तर र छबी कायम हुने गरी काम गर्न मन्त्री खड्काको निर्देशन
पोखरा, १४ असोज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य-मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात कार्यालय, तथा कास्कीमा रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकले मन्त्री खड्काको रोहबरमा सचिव श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरे ।
मन्त्री खड्काले प्रदेशमा प्रदेशमा समायोजन भएका कर्मचारीहरु कम तथा अपर्याप्त भएको भन्दै प्राविधिक कर्मचारीहरु मन्त्रालयबाट यथाशक्य छिट्टै व्यवस्था गर्नेतर्फ मन्त्रालय लागिरहेको बताए । उनले भने, ‘मन्त्रालयले निर्धारण गरेको लक्ष्य प्राप्तिमा कार्यालय प्रमुखहरु लाग्नुहोला, हरेक काम कर्तव्यमा मन्त्रालयको छवि उच्च रहने गरी काम गर्नुहोला ।’
काममा गुणस्तर कायम हुने गरी विकास निर्माणका कामहरुको प्राविधिकले नियमित र निरन्तर सुपरिवेक्षण गर्न उनले निर्देशन दिए । निर्माण सम्बन्धी कामको बिल रकम भुक्तानी गर्नुपूर्व अनिवार्य रुपमा गुणस्तर परीक्षण गरेर मात्र बिल रकम भुक्तानी गर्न पनि मन्त्री खड्काले निर्देशन गरेका छन् ।
विनियोजित बजेटको परिधिमा रहेर ९० प्रतिशत भन्दा बढी प्रगति हुने गरी विकास निर्माण सम्बन्धी काम गर्ने गराउन र नयाँ आवका लागि दायित्व सिर्जना हुने गरी काम नगर्ने जसको लागि स्रोत सुनिश्चित गरेर मात्र ठेक्का व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उपसचिव टीकाराम पौडेल, महाशाखा प्रमुखद्वय रामकुमार श्रेष्ठ र राम पराजुली लगायत उपस्थित रहेको मन्त्री खड्काका निजी सचिव केदार सापकोटाले जानकारी दिए ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’