
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, १४ असोज । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत आज बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने राइजिङले लिएको थियो । खेलको चौथो मिनेटमा सुदिप गुरुङले गोल गर्दै अग्रता दिलाए । उनले ८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । फुटसल ५ का विजय श्रेष्ठले १७ औँ मिनेटमा गोल गर्दै अग्रता घटाए । उनले २० औँ मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । २० औँ मिनेटमा दोर्जे तामाङले गोल गरे । पहिलो हाफमा ३–२ को अग्रता लिएको राइजिङ दोस्रो हाफमा भने सम्हालिन सकेन । २४ औँ मिनेटमा मिलन राइले गोल अग्रता दिलाए ।
उता फुटसल ५ ले ४ मिनेटमा पाँच गोल गर्दै जित हात पा¥यो । फुटसल ५ का सरोज तामाङले २ मिनेटमा ह्याट्रिक गरे । उनले खेलको ३५ औं मिनेटमा १ तथा ३६ औँ मिनेटमा २ गोल गरे । रन्जित गुरुङले ३७ तथा प्रवेश जोशीले ३८ औँ मिनेटमा गोल गरे । राइजिङका लागि २९ औँ मिनेटमा हेमन्त थापा मगरले गोल गरे । खेलमा २ वटा रातो कार्ड समेत देखाइयो । राइजिङका कप्तान एवम् गोलरक्षक सचिन श्रेष्ठले खेलको १९ औँ मिनेटमा रातो कार्ड पाए भने फुटसल ५ का कप्तान सन्दिप कार्कीले दोहोरो पहेँलो कार्ड खादैँ मैदान बाहिरीए ।
राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको सिकारमा आफूहरु सुरुदेखि नै परिरहेको प्रतिक्रिया दिए । उनले अनावस्यक रुपमा खेलाडीलाई कार्ड दिनु गलत रहेको बताए । फुटसल ५ का प्रशिक्षक विश्वास लामाले केहि निर्णबाट आफूहरुपनि आक्रोशित भएपनि पछि आफूहरुलाई कारण बताएपछि चुप भएको प्रतिक्रिया दिए । उनले आगामी यात्रा निकै कठिन भएको जानकारी दिए ।
यस्तै अर्को खेलमा लुम्बिनी फुटसललाई हराउँदै ढुकु फुटसल हव रेलिगेसनबाट जोगिएको छ । ढुकुले लुम्बिनीलाई ५–२ गोल अन्तरले हराउँदै जित हात पारेको हो । ढुकुको जितमा विक्रान्त नरसिंह रानार प्रसिद्ध मगरले २–२ तथा अभय रानाले १ गोल गरे । जितसंगै ढुकुको ७ खेलबाट ७ अंक रहेको छ ।
राइजिङ र फुटसल ५ धरानबिचको खेलमा विवाद
राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका गोलरक्षकलाई रातो कार्ड दिएपनि विवाद भएको हो । विवादका कारण करिब १० मिनेट भन्दा बढि खेल समेत रोकिएको थियो ।
पहिलो हाफको १९ औँ मिनेटमा विजय श्रेष्ठले लामो प्रहार गर्दा राइजिङका गोलरक्षक एवम् कप्तान सचिन श्रेष्ठले जम्पगर्दै बल क्लियर गरेर ल्याण्ड गर्नेक्रममा धरानका रन्जित गुरुङलाई घुडाँले लागेपछि सिद्यै रेड कार्ड दिएका थिए । यस अघि समेत १८ औँ मिनेटको खेल चलिरहँदा फुटसल ५ का कप्तान सन्दिप कार्कीले अचानक पहेँलो कार्ड पाए ।
यस अघि समेत पहेँलो कार्ड पाएका कारण दोहोरो पहेँलो कार्डपछि उनलाई रेडकार्ड दिइएको थियो । लामो विवाद पछि पुन: खेल सुचारु गरिएको थियो । तर, आयोजकले पनि आन्तरिक रुपमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान