
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन भए पनि त्यसको प्राविधिक परीक्षण भइनसकेकाले त्यसलाई प्रहरीले ‘सुन जस्तो देखिने पहेँलो धातु’ भनेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका– १२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।
समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौँ आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ७ सय ५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ ।
सिंगापुर र मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौँ विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनजस्तो देखिने पहेँलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।
;बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा