News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

कांग्रेस ललितपुर महानगर सभापतिमा सुभानन रत्न धाख्वा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेस ललितपुर महानगरको सभापतिमा सुभानन रत्न धाख्वा बिजयी भएका छन्।उनले सभापतिका अर्का उम्मेदवार गणेश भक्त श्रेष्ठलाई हराएका हुन्।

सोमबार ललितपुरमा कांग्रेसको पालिका अधिवेशन भएको थियो। धाख्वाले २८२ मत ल्याए भने श्रेष्ठले २२१ मत ल्याएको कांग्रेसले जनाएको छ। उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु बिजयी भएका छन्। उक्त पदमा नरेश महर्जन र राजीव जोशी पनि उम्मेदवार थिए।

सचिवमा राजु ताम्राकार र सुनिलकुमार थापा ‘पशुपति’ निर्वाचित भएका छन् भने सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन बिजयी भएको ललितपुर कांग्रेसले जनाएको छ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पालिका तहको चुनाव भइरहेका छन्। कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने जनाएको छ।