• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवन शैली समाचार स्वास्थ्य

    हुम्लाको ताँजाकोट गाउँपालिकाका नाका बन्द 

    सुन्दर सुदुरपश्चिम: तस्विर साभारः मकालु एडभेन्चर डटकम

    हुम्ला ।  हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो ।

    पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरेको हो । हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।रासस