News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

सहयात्री बचत तथा ऋण सहकारीको पाँचौँ अधिवेशन शुरु

पोखरा, ८ असोज । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८ को ११ औं साधारण सभा तथा पाँचौं अधिवेशन शुरु भएको छ । ३ दिनसम्म चल्ने सो अधिवेशनको उद्घाटन संस्थाका अध्यक्ष डा.त्रिभुवन शर्माले गरेका थिए ।

सहकारीले असोज ८ गते बाट ११ गतेसम्म कार्यालय समय अवधिभित्र प्रतिवेदन हस्तान्तरण एवं मतदान गर्नेे व्यवस्था मिलाएको छ । उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष चिनु रानाभाटले स्वागत मन्तव्य र संस्थाका कार्यसमितिका ज्येष्ठ सदस्य ध्रुब केसीले मतदान गर्दै अधिवेशनको शुभारम्भ गरेका थिए । कार्यक्रम संस्थाका सचिव डा.रामजी शर्माले सञ्चालन गरेका थिए ।