
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ३ असोज । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा पूर्वअन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । मञ्चको पोखरामा आज सम्पन्न ११औँ साधारणसभा तथा सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी मञ्चको प्रथम उपाध्यक्षमा दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा खेमबहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सहकोषाध्यक्षमा हरिबहादुर बरुवाल निर्विरोध निर्वाचित हुनुभयो ।
सदस्यमा यामबहादुर गुरुङ, दिनेशकुमार श्रेष्ठ, ओमबहादुर गुरुङ, भरतकुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ति थापा, रामबहादुर क्षेत्री, गजबहादुर गुरुङ, ज्वाला थापा, सम्मरबहादुर थापा र रमेशकुमार श्रेष्ठ रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई ‘स्पोर्टस हव’ को रूपमा विकास गर्ने गरी सरकारले योजना कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेटजस्ता खेलमा युवापुस्तालाई अगाडि बढाउने उल्लेख गर्दै खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्सपोज’ हुन आवश्यक रहेको बताउनुभयो ।
मञ्चको अधिवेशनका अवसरमा पत्रकारितामार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री नेपालीले उहाँलाई पुरस्कृत गर्नुभयो । पाकिस्तानमा भइरहेको यु–१२ आइटिएफ टेनिसमा सङ्लग्न दर्शिल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । मञ्चले पूर्वअन्तर्राष्ट्रिय खेलाडी डमबहादुर पुनलाई खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । यसैगरी मञ्चका पूर्वअध्यक्ष प्रा डा विरेन्द्रसिंह गुरुङलाई उहाँको खेलकुदप्रतिको योगदान स्परूप सम्मान गरिएको थियो ।