
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७असई बनाइदिन्छु भन्दै १० लाख ठगी
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।
प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमुनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए । प्रयोगशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।
प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहज रुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उनले भने ।
यसका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो ।
यसका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको रु १२ लाख सहयोग गरेका छन् । नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि रु छ लाख सहयोग गरेका छन् । यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाको तर्फबाट रु दुई/दुई लाख सहयोग गरिएको थियो ।
देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द
कोरोना सङ्क्रमितको उपचार गर्नका लागि तनहुँको देवघाट गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकास्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव न्यून हुँदै गएको र भएका सङ्क्रमितलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
अस्पताललाई हाल बन्द गरी अन्य प्रयोजनमा ल्याउने र फेरि सङ्क्रमितको सङ्ख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनःसञ्चालन गरिने उनले बताए । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पीसीआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको छ ।
गाउँपालिकामा हालसम्म ५५३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए । त्यस्तै एन्टिजेन विधिबाट १५३ को परीक्षण गर्दा छ जना महिला र नौ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार