News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गोविन्द बरालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) पोखरा महानगरपालिका वडा नं. ७ को भेला सम्पन्न

पोखरा, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिका वडा नं. ७ को भेलाले गोविन्दप्रसाद बरालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा नारनकुमारी अधिकारी, सचिवमा उदयराज शर्मा र सहसचिवमा चन्द्र केसी चयन भएका छन् ।

स्वच्छ, नैतिकवान, इमान्दार, क्रियाशिल र भ्रष्टाचार शुन्य सहनशिलता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दै भएको वडा भेलाले कमिटीका सदस्यहरुको नामावली भने सार्वजनिक गरेको छैन । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष धनराज आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा पुराना कम्युनिष्ट नेता मोतिराम बराल, चित्रराज बराल, यदु अधिकारी, भिमा पौडेल, दीपक सुवेदी र जिल्ला कमिटी सचिवालय सदस्य नवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।