
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
काठमाडौँ, २३ भदौ । भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ ।
गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी सुरेश भट्टले बताउनुभयो ।
विसं १८०१ मा रतनधर भारीले जग्गा छुट्याएर जात्रा सुरु गरेको अभिलेख छ । गोकर्णेश्वर एक ‘क’ को शिवरात्रि जात्रा गुठीको जग्गाको आयस्ताले वर्षमा दुईपटक जात्रा चलाउने गरिन्थ्यो । महाशिवरात्रिको भोलिपल्ट र गोकर्णे औँसीको भोलिपल्ट चलाउने गरिएको जात्रा भूमाफियाले जग्गा कब्जा गरेपछि सञ्चालनमा अप्ठ्यारो हुन थालेको गोकर्णेश्वर–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाउनुभयो ।
शताब्दीयौँ पुरानो जात्रा रोक्नुहुन्न भनी स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा मात्र परम्परालाई निरन्तरता दिइएको छ । पाँच जना गुठियार रहेकामा नापीको फिल्ड बुकमा गोकुलदास श्रेष्ठको मात्र नाम उल्लेख भएका कारण भूमाफियालाई जग्गा कब्जा गर्न सजिलो भएको हो । हाल गोकुलदासको निधन भइसकेको छ । उहाँका छोरा मङ्गलदासलाई उपयोग गरी जग्गाको चलखेलमा लाग्ने समूहले कब्जा गरेको हो ।
विगतमा खेतको आयस्ता धानले गुठियारलाई भोज खुवाउने गरिन्थ्यो । खट बोक्ने र बाजा बजाउनेलाई पनि धान दिइन्थ्यो । माकालबारी क्षेत्रमा धान रोपाइँ हुन छाडेसँगै जग्गामा भूमाफियाको आँखा लागेको हो । हाल जया देवकोटा मेमोरियल कलेजका संस्थापक जगन्नाथ देवकोटाले जग्गा भाडामा लिएर फुटसल चलाएको पुजारी भट्टले बताउनुभयो । यस विषयमा देवकोटासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उहाँ अमेरिकामा रहनुभएकाले सम्भव हुन सकेन ।
गुठी जग्गासम्बन्धी मुद्दा भूमिसुधार र जिल्ला अदालतमा परी गुठियार अर्थात् महादेवका पक्षमा फैसला गरिएको थियो । उच्च अदालतको जग्गा हडप्नेका पक्षमा फैसला गरेपछि गुठी संस्थान र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति सर्वोच्च अदालत गएका छन् ।
जग्गाको भाडा रकम गुठियारमध्येका मङ्गलदासले मात्र लिने गरेकाले जात्रा चलाउन अप्ठ्यारो भएको हो । भाडा गुठीका नाममा राखी सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने माग गुठियारको छ । खट बोक्ने, बाजा बनाउनेलगायतलाई भोज खुवाउने बजेटको अभावमा ३०० वर्षदेखिको परम्परा निरन्तरता दिन अप्ठ्यारो भएको हो ।
राणाकालको समयमा विसं २००४ को नापीमा यो जग्गा गोकर्णेश्वर महादेवको नामको गुठी उल्लेख गरिएको छ । साविक गोकर्णेश्वर गाविस–१ को यो जग्गा हाल गोकर्णेश्वर नगरपालिका-४ मा पर्छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ