
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २१ भदौं । सार्वजनिक सम्पत्तिको दोहन गर्ने बतास समूहका हर्कतहरुको विरुद्धमा अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले पोखरामा विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय भारतीय लगानीमा सञ्चालन भईरहेको मणिपाल शिक्षण अस्पताल अवैधानिक रुपमा बिक्री गरिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।
मेडिकल माफिया मुर्दावाद, मणिपाल मेडिकल कलेज राष्ट्रियकरण गर, शिक्षा र स्वास्थ्य माथिको व्यापार बन्द गर लगायतका नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरुले आज अस्पतालको प्राङ्गणमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले माफियाले राज्यलाई नियन्त्रणमा लिएर देश चलाई रहेको आरोप लगाए ।
केन्द्रीय कोषाध्यक्ष विकले भने–‘पोखराको सभागृह पनि यहीँ आनन्द बतासको समूहले निजीकरण गर्न थालेको थियो । त्यसका विरुद्धमा पनि हामीले संघर्ष गर्यौं । रामघाटको ठेक्का पनि यहीँ कम्पनी जनताको सम्पत्तिमाथि दमन गर्न खोजिरहेका छन् । देशभरैं पनि माफियाले राज्यलाई नियन्त्रणमा लिएर देश चलाईरहेका छन् । यसका विरुद्धमा अन्तिमसम्म पनि संघर्ष गरिरहने छौं ।’
अखिल क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियन का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले यहाँका केही दलाल, माफियाहरु मिलेर यो राष्ट्रियकरण गर्नुपर्ने मणिपाल शिक्षण अस्पताललाई आफ्नो व्यक्तिगत फाईदाका लागि, शोषण गर्नका लागि किन्ने कुचेष्टा गरिरहेको बताए ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष भट्टराईले भने–‘सम्पूर्ण स्वास्थ्य प्रणाली दलालहरुको हातमा छ । दलाल तथा नोकरशाही पूँजीपतिहरुको हातमा छ । यिनीहरुले नेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा कहिल्यै पनि दिने छैनन् ।’
‘यहाँ नयाँ नयाँ रुपमा दलाल पूँजीपतिहरुले नेपालको स्वास्थ्य क्षेत्र कब्जा गर्दै यहाँका जनताहरुलाई ढाँड सेक्ने गरी लुट मच्चाई रहेका छन्,’ उपाध्यक्ष भट्टराईले भने–‘त्यसको विरुद्धमा हामी निरन्तर आन्दोलन गरिरहने छौं ।’
‘यस्तै दलाल र माफियाहरुले नेपालको भृकुटी कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली टायर कारखाना, बाँसवारी जुत्ता कारखाना लगायतका दर्जनौं सरकारी उद्योगहरु सिध्याए,’ विद्यार्थी नेता भट्टराईले भने–‘यो वर्तमान दलाल सरकारमा हामीले भविष्य देखेका छैनौं । यो दलाल सरकारका विरुद्धमा हामी निरन्तर आन्दोलन गरिरहने छौं ।’
‘राजनीतिक पहुँचका आधारमा नेताहरुको कालोधनलाई सेतो बनाउने काममा प्रयोग गरिएका नेपालका केही व्यापारीहरुको देखावटी उद्योगधन्दा र लगानीलाई नियन्त्रण गर्न राज्यको संयन्त्रबाट सम्भव छैन,’ एक विद्यार्थी नेताले भने–‘नेताहरुको कालोधनलाई सेतो बनाउने धन्दा गर्नेहरुलाई सफाया नगरेसम्म यो विकृतिको अन्त्य हुनेवाला छैन ।’
वर्तमान सरकारका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र केही कम्युनिष्ट नेताहरुसँग असाध्यै निकट सम्बन्ध बनाएको आनन्द बतास समूहको लगानी पनि शंकास्पद नै छ । राज्य संयन्त्रलाई नै मुठिमा लिएर हिड्ने यस्ता व्यापारीहरुले देखाउनका लागि केही सामाजिक कार्यको ढंका पिट्ने तर यिनीहरुको भित्री धन्दा यस्तै डरलाग्दो हुने गरेको पोखरेलीहरु नै बताउँछन् ।
कौडीको भाऊमा सार्वजनिक जमिन कब्जा गर्ने र प्राकृतिक स्रोतसाधनको दोहन गर्ने र नेताहरुको कालोधनलाई सेतो बनाउने यस्ता व्यापारीहरु सक्रिय रहे पनि यिनीहरुलाई कारवाहीको दायरामा ल्याउन भने राज्य संयन्त्र निरिह देखिन्छ । त्यसो त मणिपाल शिक्षण अस्पतालको स्वामित्व हस्तान्तरणका सम्बन्धमा सार्वजनिक भएको रकममाथि नै आमसर्वसाधारणले प्रतिप्रश्न उठाई रहेका छन् ।
आनन्दराज बतास समूहको हवला दिदैं करिब ३ अर्ब रुपैयाँमा खरिद गरिएको भन्ने तथ्यमाथि नै आममानिसले शंका व्यक्त गरिरहेका छन् । भित्र एकखालको सहमति भएको र बाहिर हल्ला थोरै रकमको चलाईएको भन्ने गुनासो बढिरहेको छ । यस विषयमा न त मणिपाल शिक्षण अस्पतालले केही तथ्यहरु सार्वजनिक गरेको छ, न त आनन्दराज बतास समूहले पछिल्लो सहमति नै सार्वजनिक गरेको छ ।
त्यसो त पुरानो नबुझिने केही सम्झौंताका पत्रहरु विभिन्न सञ्चारमाध्यमहरुमा आनन्दराज बतासले नै उपलब्ध गराई रहेका छन् । जबकि यो विषयमा राज्य पक्षले तत्कालिन अवस्थामा गरिएको सम्झौंता र बिक्री भएको भनिएको विषयमा आजसम्म पनि केही बोलेको छैन । अस्पतालको शेयर खरिद प्रकरणका सम्बन्धमा व्यापारी आनन्दराज बतासलाई ९८५१११८८८९ मा सम्पर्क गर्दा र म्यासेज गर्दा पनि फोन उठ्न सकेन ।
निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनेको अस्पतालले सरकार पक्षलाई थाहै नदिई भर्चुअल माध्यमबाट शेयर खरिद सम्झौता (एसपीए) भएको तथ्यहरु बाहिरिए पछि यस विषयमा व्यापक विरोध भईरहेका छन् । बुट मोडेलअन्तर्गत निर्माण भएको यस अस्पताल सन् २०४३ भित्र सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौंता भएको थियो ।
तर, २२ वर्ष अगावै मणिपाल अस्पताल निजी कम्पनीलाई बेचबिखन गरिएपछि यसको सर्वत्र विरोध भएको हो । सम्झौंता अनुसार अस्पताल निर्माण भएको ४९ वर्षपछि नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने सहमति थियो । तर सम्झौंता विपरित व्यापारी आनन्दराज बतास र नारायण पौडेलले अस्पतालको सम्पूर्ण शेयर खरिद विक्री गरेको भनिए पनि यस विषयमा सरकारको तर्फबाट र अस्पतालको तर्फबाट आधिकारिक धारणा केही सार्वजनिक भएको छैन ।
३ अर्ब २५ करोड रुपैयाँमा मणिपाल अस्प्ताल बेचिएको हल्ला छ । जसमा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज समूहको ४० प्रतिशत लगानी रहेको भनिएको छ । मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । साथै अस्पतालले करबापत बुझाउनुपर्ने झण्डै १ अर्ब रुपैयाँ जोडेर ३ अर्ब २५ करोड पु¥याईएको भनिएको छ ।
नेताहरुकैं आर्शिवाद प्राप्त यो बतास समूहले पशुपतिनाथ मन्दिरको धर्मशाला, नारायणहिटी राजदरबारको जमिन, दमौंलीबजार कैं प्रमुख भागको सार्वजनिक जमिन, पोखरा नयाँबजारस्थित क्षेत्रीय संग्रहालयको अगाडिको जमिन लगायत देशका मुख्य–मुख्य ठाउँका महत्वपूर्ण सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको दोहन गर्दै आईरहेको छ ।
आज भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो संयोजक अटल र अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन मगर लगायतका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।










१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर