
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, २१ भदौं । सार्वजनिक सम्पत्तिको दोहन गर्ने बतास समूहका हर्कतहरुको विरुद्धमा अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले पोखरामा विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय भारतीय लगानीमा सञ्चालन भईरहेको मणिपाल शिक्षण अस्पताल अवैधानिक रुपमा बिक्री गरिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।
मेडिकल माफिया मुर्दावाद, मणिपाल मेडिकल कलेज राष्ट्रियकरण गर, शिक्षा र स्वास्थ्य माथिको व्यापार बन्द गर लगायतका नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरुले आज अस्पतालको प्राङ्गणमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले माफियाले राज्यलाई नियन्त्रणमा लिएर देश चलाई रहेको आरोप लगाए ।
केन्द्रीय कोषाध्यक्ष विकले भने–‘पोखराको सभागृह पनि यहीँ आनन्द बतासको समूहले निजीकरण गर्न थालेको थियो । त्यसका विरुद्धमा पनि हामीले संघर्ष गर्यौं । रामघाटको ठेक्का पनि यहीँ कम्पनी जनताको सम्पत्तिमाथि दमन गर्न खोजिरहेका छन् । देशभरैं पनि माफियाले राज्यलाई नियन्त्रणमा लिएर देश चलाईरहेका छन् । यसका विरुद्धमा अन्तिमसम्म पनि संघर्ष गरिरहने छौं ।’
अखिल क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियन का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले यहाँका केही दलाल, माफियाहरु मिलेर यो राष्ट्रियकरण गर्नुपर्ने मणिपाल शिक्षण अस्पताललाई आफ्नो व्यक्तिगत फाईदाका लागि, शोषण गर्नका लागि किन्ने कुचेष्टा गरिरहेको बताए ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष भट्टराईले भने–‘सम्पूर्ण स्वास्थ्य प्रणाली दलालहरुको हातमा छ । दलाल तथा नोकरशाही पूँजीपतिहरुको हातमा छ । यिनीहरुले नेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा कहिल्यै पनि दिने छैनन् ।’
‘यहाँ नयाँ नयाँ रुपमा दलाल पूँजीपतिहरुले नेपालको स्वास्थ्य क्षेत्र कब्जा गर्दै यहाँका जनताहरुलाई ढाँड सेक्ने गरी लुट मच्चाई रहेका छन्,’ उपाध्यक्ष भट्टराईले भने–‘त्यसको विरुद्धमा हामी निरन्तर आन्दोलन गरिरहने छौं ।’
‘यस्तै दलाल र माफियाहरुले नेपालको भृकुटी कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली टायर कारखाना, बाँसवारी जुत्ता कारखाना लगायतका दर्जनौं सरकारी उद्योगहरु सिध्याए,’ विद्यार्थी नेता भट्टराईले भने–‘यो वर्तमान दलाल सरकारमा हामीले भविष्य देखेका छैनौं । यो दलाल सरकारका विरुद्धमा हामी निरन्तर आन्दोलन गरिरहने छौं ।’
‘राजनीतिक पहुँचका आधारमा नेताहरुको कालोधनलाई सेतो बनाउने काममा प्रयोग गरिएका नेपालका केही व्यापारीहरुको देखावटी उद्योगधन्दा र लगानीलाई नियन्त्रण गर्न राज्यको संयन्त्रबाट सम्भव छैन,’ एक विद्यार्थी नेताले भने–‘नेताहरुको कालोधनलाई सेतो बनाउने धन्दा गर्नेहरुलाई सफाया नगरेसम्म यो विकृतिको अन्त्य हुनेवाला छैन ।’
वर्तमान सरकारका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र केही कम्युनिष्ट नेताहरुसँग असाध्यै निकट सम्बन्ध बनाएको आनन्द बतास समूहको लगानी पनि शंकास्पद नै छ । राज्य संयन्त्रलाई नै मुठिमा लिएर हिड्ने यस्ता व्यापारीहरुले देखाउनका लागि केही सामाजिक कार्यको ढंका पिट्ने तर यिनीहरुको भित्री धन्दा यस्तै डरलाग्दो हुने गरेको पोखरेलीहरु नै बताउँछन् ।
कौडीको भाऊमा सार्वजनिक जमिन कब्जा गर्ने र प्राकृतिक स्रोतसाधनको दोहन गर्ने र नेताहरुको कालोधनलाई सेतो बनाउने यस्ता व्यापारीहरु सक्रिय रहे पनि यिनीहरुलाई कारवाहीको दायरामा ल्याउन भने राज्य संयन्त्र निरिह देखिन्छ । त्यसो त मणिपाल शिक्षण अस्पतालको स्वामित्व हस्तान्तरणका सम्बन्धमा सार्वजनिक भएको रकममाथि नै आमसर्वसाधारणले प्रतिप्रश्न उठाई रहेका छन् ।
आनन्दराज बतास समूहको हवला दिदैं करिब ३ अर्ब रुपैयाँमा खरिद गरिएको भन्ने तथ्यमाथि नै आममानिसले शंका व्यक्त गरिरहेका छन् । भित्र एकखालको सहमति भएको र बाहिर हल्ला थोरै रकमको चलाईएको भन्ने गुनासो बढिरहेको छ । यस विषयमा न त मणिपाल शिक्षण अस्पतालले केही तथ्यहरु सार्वजनिक गरेको छ, न त आनन्दराज बतास समूहले पछिल्लो सहमति नै सार्वजनिक गरेको छ ।
त्यसो त पुरानो नबुझिने केही सम्झौंताका पत्रहरु विभिन्न सञ्चारमाध्यमहरुमा आनन्दराज बतासले नै उपलब्ध गराई रहेका छन् । जबकि यो विषयमा राज्य पक्षले तत्कालिन अवस्थामा गरिएको सम्झौंता र बिक्री भएको भनिएको विषयमा आजसम्म पनि केही बोलेको छैन । अस्पतालको शेयर खरिद प्रकरणका सम्बन्धमा व्यापारी आनन्दराज बतासलाई ९८५१११८८८९ मा सम्पर्क गर्दा र म्यासेज गर्दा पनि फोन उठ्न सकेन ।
निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनेको अस्पतालले सरकार पक्षलाई थाहै नदिई भर्चुअल माध्यमबाट शेयर खरिद सम्झौता (एसपीए) भएको तथ्यहरु बाहिरिए पछि यस विषयमा व्यापक विरोध भईरहेका छन् । बुट मोडेलअन्तर्गत निर्माण भएको यस अस्पताल सन् २०४३ भित्र सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौंता भएको थियो ।
तर, २२ वर्ष अगावै मणिपाल अस्पताल निजी कम्पनीलाई बेचबिखन गरिएपछि यसको सर्वत्र विरोध भएको हो । सम्झौंता अनुसार अस्पताल निर्माण भएको ४९ वर्षपछि नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने सहमति थियो । तर सम्झौंता विपरित व्यापारी आनन्दराज बतास र नारायण पौडेलले अस्पतालको सम्पूर्ण शेयर खरिद विक्री गरेको भनिए पनि यस विषयमा सरकारको तर्फबाट र अस्पतालको तर्फबाट आधिकारिक धारणा केही सार्वजनिक भएको छैन ।
३ अर्ब २५ करोड रुपैयाँमा मणिपाल अस्प्ताल बेचिएको हल्ला छ । जसमा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज समूहको ४० प्रतिशत लगानी रहेको भनिएको छ । मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । साथै अस्पतालले करबापत बुझाउनुपर्ने झण्डै १ अर्ब रुपैयाँ जोडेर ३ अर्ब २५ करोड पु¥याईएको भनिएको छ ।
नेताहरुकैं आर्शिवाद प्राप्त यो बतास समूहले पशुपतिनाथ मन्दिरको धर्मशाला, नारायणहिटी राजदरबारको जमिन, दमौंलीबजार कैं प्रमुख भागको सार्वजनिक जमिन, पोखरा नयाँबजारस्थित क्षेत्रीय संग्रहालयको अगाडिको जमिन लगायत देशका मुख्य–मुख्य ठाउँका महत्वपूर्ण सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको दोहन गर्दै आईरहेको छ ।
आज भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो संयोजक अटल र अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन मगर लगायतका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।










१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ