
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ तमुधिं यूकेले सञ्चालन गर्न लागेको ‘नेपाली मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिना दिन भित्रैं केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो ।
कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको यो मेला यसपटक १२ औं संस्करणमा लन्डनस्थित नेपाली दुतावासको सहकार्यमा सञ्चालन हुन लागेको हो । यस अघि तमुधिं यूकेका तर्फबाट मिचेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक हरि गुरुङले यसको तयारीका बारेमा जानकारी दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार यो मेला सम्पन्न गर्नका लागि अनुमानित ३० हजार पाउण्ड खर्च हुने र यसमा १९ विभिन्न संघसंस्थाहरुले भाग लिनेछन् । मेलामा ती संस्थाहरुले नेपाली कला, संस्कृति, परम्परा, रहनसहन र भेषभूषा झल्काउने विभिन्न झाँकी र नृत्यहरु प्रस्तुत गर्नेछन् ।
सो मेलामा विगतमा आठदेखि १० हजारसम्म दर्शकहरुको सहभागिता रहने गर्दथ्यो । यसपटक करिब तीनहजार दर्शकको सहभागिता रहने आँकलन आयोजक संस्थाले गर्नुका साथै मेलामा बेलायत सरकारले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड र अन्य नियमहरु हटाए पनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजरको उपलब्ध गराईने भएको छ ।
२९ अगस्टको दिउँसो १ बजे झाँकीसहित विभिन्न प्रस्तुतीका साथ शुरु हुने यस मेलाका उद्घाटन राजदूत लोकदर्शन रेग्मीले मेलाको गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीका कारण विगतमा जस्तो अन्य देशका कूटनीतिज्ञहरु यसपटक भने उल्लेख्य मात्रामा हुँदैनन् कि भन्ने चिन्ता आयोजक संस्थाले व्यक्त गरेको छ ।
‘कुटनीतिज्ञहरुलाई निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभाव, कोभिड र दूतावासमा सबै नयाँ टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्’, संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेताहरु दर्शकका रुपमा रहने अपेक्षा छ ।’
मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्रमा प्रथम हुनेलाई एक तोला सुन, द्वितीयलाई ट्याबलेट र तृतीयलाई एक सय पाउन्ड नगद दिइने तमुधिं युकेले जनाएको छ । बिहान १० देखि साँझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली मौलिकपनको स्वाद लिन अध्यक्ष हितकाजी गुरुङले अपिल गरेका छन् ।
‘नेपाली मेला तमुधिं यूकेको मात्र नभई समस्त बेलायतवासी नेपालीको हो । यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन,’ अध्यक्ष गुरुङले भने,’ विदेशमा पनि नेपाली कला, संस्कृति, रीतिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो।’
आयोजकका अनुसार मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई १ हजार १ सय पाउन्डसहित एम्बासडर कप प्रदान गरिनेछ । प्रथम हुनेलाई ३ सय पाउन्डको एनआरएनए यूके कपसमेत दिइनेछ । दोस्रो हुनेलाई ७ सय पाउन्ड एवं तेस्रो हुनेलाई ५ सय पाउन्ड नगद प्रदान गरिनेछ ।
त्यसैगरी झाँकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउन्ड र दोस्रो हुनेलाई ३ सय दिइनेछ । नृत्यमा प्रथम हुनेलाई ५ सय पाउन्ड र दोस्रो विजेतालाई ३ सय पाउन्ड प्रदान गरिनेछ । मेलाका लागि दूतावासबाट २५ सय पाउन्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झाँकी निर्णायकमा नेपाली कला–संस्कृतिविद् चार जना र नृत्यको निर्णायकमा तीनजना रहनेछन् ।
मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झाँकी निर्णायकमा नेपाली कला, संस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् ।
महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् । सो अवसरमा तमुधिं यूकेका मिडिया सेक्रेटरी एस के गुरुङले उपस्थित मिडियाकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्ष हितकाजी गुरुङले खादा र मेला पास उपलब्ध गराई सम्मान गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारी, अन्य पत्रकारहरु, सल्लाहकारहरु र इकाइ अध्यक्ष लगायतको सहभागिता थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन