
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे । उनले भने–‘यो धर्मसंस्कृतिमाथिको आक्रमण हो । यसमा शंका गर्ने ठाउँ प्रशस्त छ । सबै खुल्ला छ । बजारमा खुट्टा टेक्नेसम्म ठाउँ छैन । प्रतिबन्ध हिन्दुधर्मालम्बीहरुको मठमन्दिर र शक्तिपिठमात्र छ । प्रशासन बजार र भीड किन देख्दैन ?’
पोखरा । देशका विभिन्न शक्तिपिठ तथा मठमन्दिरहरु कोरोना संक्रमणको भयावहले भन्दा पनि प्रशासनको चेतावनीपूर्ण सूचनाले पूर्ण रुपमा सुनसान बनाईएका छन् । तर त्यही मठमन्दिर र शक्तिपिठ वरपरका शहर, बजार र सुपरमार्केटहरुमा यति ठुलो मानिसको भीडभाड छ कि मानौं त्यहाँबाट कोरोना भाईरस नै सर्दैन ।
यदि कोभिड–१९ को संक्रमण बजार, शहर, सुपरमार्केटमा हुने भीडबाट नसर्ने तर मठमन्दिर र शक्तिपिठहरुमा हुने जमघटबाट सर्ने हो भने राज्यले लगाएको प्रतिबन्ध एकअर्थमा सही नै मान्न सकिएला । तर बडा दशैंको समयमा घटस्थापनादेखि नवमीसम्म देशका विभिन्न शक्तिपिठ तथा मठमन्दिरहरुमा मात्र प्रतिबन्ध लगाईनुको कारण र बजार पूर्ण रुपमा खुल्ला गरिनुले सरकारी रवैयाप्रति सर्वसाधारणले शंका व्यक्त गर्न थालेका छन् । दुर्गा पुजाका लागि विभिन्न स्थानहरुमा स्थापना गरिने दुर्गा भगवतीको पण्डालमा हुने भक्तजनहरुको उपस्थिति कोरोना संक्रमणको मुख्य कारण देखिनु तर बजारमा देखिएको अत्याधिक मानिसहरुको भीडभाडबाट कोरोना संक्रमण नफैलिनु जस्ता राज्यको बुझाईले हिन्दु धर्म र आस्थामाथि नै प्रहार गरेको हिन्दुधर्मालम्बीहरुको आरोप छ ।

‘कस्तो प्रतिबन्ध हो यो’: मठमन्दिर तथा शक्तिपिठहरु सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको सूचना ।
बजार खुल्ला छन् । सार्वजनिक यातायातका सवारी साधनहरु उहीँ पुरानो शैलीमा कुदिरहेका छन् । मानिसहरु बजारमा यति ठुलो संख्यामा देखिएका छन् कि मानौं किनमेल, घुमफिर र आवात–जावत गर्दा कोरोना संक्रमित भईदैंन । तर मठमन्दिर र शक्तिपिठहरुमा दर्शन गर्न जाँदा भने कोरोना संक्रमित भईन्छ भन्ने प्रशासनको यो ठम्याई र राज्यको बुझाईप्रति गुनासो र शंका व्यक्त गर्ने प्रशस्त ठाउँ भेटिन्छ ।
देशव्यापी रुपमा मठमन्दिर तथा शक्तिपिठहरु सञ्चालनमा ल्याईए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिदैं जिल्ला प्रशासन कार्यालयहरुबाट सार्वजनिक सूचना नै जारी गरिएका थिए । बडा दशैं, तिहार र छठ लगायतका चाडपर्व हिन्दु धर्मालम्बीहरुको ठुला पर्वहरु हुन् । तर यस्ता धर्मसंस्कृति र आस्थाको विषयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने तर्फ छलफल नै नगरी पूर्ण रुपमा प्रतिबन्ध लगाउने कार्य गलत भएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भईरहेको छ ।
युवा उद्यमी तथा आध्यात्मिक व्यक्तित्व सिरोज कोइरालाले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोशबाट पनि प्रशासनले लगाएको प्रतिबन्धप्रति आमनागरिकहरुको असन्तुष्टि र आक्रोश झल्किन्छ । आध्यात्मिक व्यक्तित्व कोइरालाले आफ्नो सामाजिक सञ्जालमा यस्तो विचार व्यक्त गरेका थिए :‘अन्ततः हिन्दु धर्मलाई बन्देज लगाउने बाहेकका सबै खुला गरेका छन् । यहाँ सरकारमा बसेको राजनीतिज्ञ मात्रै हैनन् समग्र कर्मचारीतन्त्र, सुरक्षा निकायमा लागेका व्यक्तिहरु सबैले आत्मा बेचिसकेका छन् । यि र यिनीहरूबाट दिक्षित पात्रबाट समाज, देश र आउने पिढींले संस्कार, आत्मसम्मान र राष्ट्रियताको आशा राख्न सक्दैन ।’
प्रायः सबै मन्दिरमा भौतिक दुरी सहित दर्शन गर्ने व्यवस्था गर्न पुग्ने ठाउँ छ । मन्दिरको समितीले आफैं स्वयम् सेवक खटाएर व्यवस्थित गर्न सक्छन् । तर होलीवाईन पिउनेहरु यी व्यवस्थाप्रति नजर अन्दाज गरिरहेका छन् ।
त्यसैगरी, जागौं पोखरा अभियानका अभियन्ता कृष्ण बरालले सामाजिक सञ्जालमा पोखराको मुख्य बजार चिप्लेढुङ्गाको भीडभाडको दृश्य नै राखेर यसरी विरोध जनाएका छन् । ‘कोरोना रोकथाममा हात उठाई सकेको गैरजिम्मेवार कमाउनिष्टहरुको सरकारले करोडौं हिन्दु नेपालीको मौलिक हकहनन गरिरहेको छ । हिन्दुहरुको महान चाड विजया दशमीमा सबै मन्दिर तथा शक्तिपिठहरु सुनसान छन् । धार्मिक क्षेत्रमा कार्यरत लाखौं श्रमिक तथा व्यवसायी बेरोजगार छन् । प्रायः सबै मन्दिरमा भौतिक दुरी सहित दर्शन गर्ने व्यवस्था गर्न पुग्ने ठाउँ छ । मन्दिरको समितीले आफैं स्वयम् सेवक खटाएर व्यवस्थित गर्न सक्छन् । तर होलीवाईन पिउनेहरु यी व्यवस्थाप्रति नजर अन्दाज गरिरहेका छन् ।
जागौं पोखरा अभियानका अभियन्ताहरु र हिन्दु परिषद् नेपालले मन्दिर दर्शनमा सहभागी बनौं र सरकारी रवैयाँको भद्र अवज्ञा गरौं भनेर जिल्ला प्रशासन कार्यालय कास्की गेट अगाडि विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थिए । त्यसो त विन्ध्यावासिनी मन्दिरमा प्रवेश गर्दा प्रहरीसँग झडप पनि भएको थियो ।

जागौ पोखरा तथा धार्मिक अभियन्ता दिपक आचार्यले मठमन्दिर र शक्तिपिठहरुमा लगाईएको प्रतिबन्धको विरोध गर्दै पश्चिमा राष्ट्रका क्रिश्चियनहरुले राज्यको शक्तिको गलत दुरुपयोग गरी सुनियोजित ढंगले महामारीको आडमा हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको बताए । यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे । उनले भने–‘यो धर्मसंस्कृतिमाथिको आक्रमण हो । यसमा शंका गर्ने ठाउँ प्रशस्त छ । सबै खुल्ला छ । बजारमा खुट्टा टेक्नेसम्म ठाउँ छैन । प्रतिबन्ध हिन्दुधर्मालम्बीहरुको मठमन्दिर र शक्तिपिठमात्र छ । प्रशासन बजार र भीड किन देख्दैन ?’
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु