
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे । उनले भने–‘यो धर्मसंस्कृतिमाथिको आक्रमण हो । यसमा शंका गर्ने ठाउँ प्रशस्त छ । सबै खुल्ला छ । बजारमा खुट्टा टेक्नेसम्म ठाउँ छैन । प्रतिबन्ध हिन्दुधर्मालम्बीहरुको मठमन्दिर र शक्तिपिठमात्र छ । प्रशासन बजार र भीड किन देख्दैन ?’
पोखरा । देशका विभिन्न शक्तिपिठ तथा मठमन्दिरहरु कोरोना संक्रमणको भयावहले भन्दा पनि प्रशासनको चेतावनीपूर्ण सूचनाले पूर्ण रुपमा सुनसान बनाईएका छन् । तर त्यही मठमन्दिर र शक्तिपिठ वरपरका शहर, बजार र सुपरमार्केटहरुमा यति ठुलो मानिसको भीडभाड छ कि मानौं त्यहाँबाट कोरोना भाईरस नै सर्दैन ।
यदि कोभिड–१९ को संक्रमण बजार, शहर, सुपरमार्केटमा हुने भीडबाट नसर्ने तर मठमन्दिर र शक्तिपिठहरुमा हुने जमघटबाट सर्ने हो भने राज्यले लगाएको प्रतिबन्ध एकअर्थमा सही नै मान्न सकिएला । तर बडा दशैंको समयमा घटस्थापनादेखि नवमीसम्म देशका विभिन्न शक्तिपिठ तथा मठमन्दिरहरुमा मात्र प्रतिबन्ध लगाईनुको कारण र बजार पूर्ण रुपमा खुल्ला गरिनुले सरकारी रवैयाप्रति सर्वसाधारणले शंका व्यक्त गर्न थालेका छन् । दुर्गा पुजाका लागि विभिन्न स्थानहरुमा स्थापना गरिने दुर्गा भगवतीको पण्डालमा हुने भक्तजनहरुको उपस्थिति कोरोना संक्रमणको मुख्य कारण देखिनु तर बजारमा देखिएको अत्याधिक मानिसहरुको भीडभाडबाट कोरोना संक्रमण नफैलिनु जस्ता राज्यको बुझाईले हिन्दु धर्म र आस्थामाथि नै प्रहार गरेको हिन्दुधर्मालम्बीहरुको आरोप छ ।

‘कस्तो प्रतिबन्ध हो यो’: मठमन्दिर तथा शक्तिपिठहरु सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको सूचना ।
बजार खुल्ला छन् । सार्वजनिक यातायातका सवारी साधनहरु उहीँ पुरानो शैलीमा कुदिरहेका छन् । मानिसहरु बजारमा यति ठुलो संख्यामा देखिएका छन् कि मानौं किनमेल, घुमफिर र आवात–जावत गर्दा कोरोना संक्रमित भईदैंन । तर मठमन्दिर र शक्तिपिठहरुमा दर्शन गर्न जाँदा भने कोरोना संक्रमित भईन्छ भन्ने प्रशासनको यो ठम्याई र राज्यको बुझाईप्रति गुनासो र शंका व्यक्त गर्ने प्रशस्त ठाउँ भेटिन्छ ।
देशव्यापी रुपमा मठमन्दिर तथा शक्तिपिठहरु सञ्चालनमा ल्याईए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिदैं जिल्ला प्रशासन कार्यालयहरुबाट सार्वजनिक सूचना नै जारी गरिएका थिए । बडा दशैं, तिहार र छठ लगायतका चाडपर्व हिन्दु धर्मालम्बीहरुको ठुला पर्वहरु हुन् । तर यस्ता धर्मसंस्कृति र आस्थाको विषयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने तर्फ छलफल नै नगरी पूर्ण रुपमा प्रतिबन्ध लगाउने कार्य गलत भएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भईरहेको छ ।
युवा उद्यमी तथा आध्यात्मिक व्यक्तित्व सिरोज कोइरालाले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोशबाट पनि प्रशासनले लगाएको प्रतिबन्धप्रति आमनागरिकहरुको असन्तुष्टि र आक्रोश झल्किन्छ । आध्यात्मिक व्यक्तित्व कोइरालाले आफ्नो सामाजिक सञ्जालमा यस्तो विचार व्यक्त गरेका थिए :‘अन्ततः हिन्दु धर्मलाई बन्देज लगाउने बाहेकका सबै खुला गरेका छन् । यहाँ सरकारमा बसेको राजनीतिज्ञ मात्रै हैनन् समग्र कर्मचारीतन्त्र, सुरक्षा निकायमा लागेका व्यक्तिहरु सबैले आत्मा बेचिसकेका छन् । यि र यिनीहरूबाट दिक्षित पात्रबाट समाज, देश र आउने पिढींले संस्कार, आत्मसम्मान र राष्ट्रियताको आशा राख्न सक्दैन ।’
प्रायः सबै मन्दिरमा भौतिक दुरी सहित दर्शन गर्ने व्यवस्था गर्न पुग्ने ठाउँ छ । मन्दिरको समितीले आफैं स्वयम् सेवक खटाएर व्यवस्थित गर्न सक्छन् । तर होलीवाईन पिउनेहरु यी व्यवस्थाप्रति नजर अन्दाज गरिरहेका छन् ।
त्यसैगरी, जागौं पोखरा अभियानका अभियन्ता कृष्ण बरालले सामाजिक सञ्जालमा पोखराको मुख्य बजार चिप्लेढुङ्गाको भीडभाडको दृश्य नै राखेर यसरी विरोध जनाएका छन् । ‘कोरोना रोकथाममा हात उठाई सकेको गैरजिम्मेवार कमाउनिष्टहरुको सरकारले करोडौं हिन्दु नेपालीको मौलिक हकहनन गरिरहेको छ । हिन्दुहरुको महान चाड विजया दशमीमा सबै मन्दिर तथा शक्तिपिठहरु सुनसान छन् । धार्मिक क्षेत्रमा कार्यरत लाखौं श्रमिक तथा व्यवसायी बेरोजगार छन् । प्रायः सबै मन्दिरमा भौतिक दुरी सहित दर्शन गर्ने व्यवस्था गर्न पुग्ने ठाउँ छ । मन्दिरको समितीले आफैं स्वयम् सेवक खटाएर व्यवस्थित गर्न सक्छन् । तर होलीवाईन पिउनेहरु यी व्यवस्थाप्रति नजर अन्दाज गरिरहेका छन् ।
जागौं पोखरा अभियानका अभियन्ताहरु र हिन्दु परिषद् नेपालले मन्दिर दर्शनमा सहभागी बनौं र सरकारी रवैयाँको भद्र अवज्ञा गरौं भनेर जिल्ला प्रशासन कार्यालय कास्की गेट अगाडि विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थिए । त्यसो त विन्ध्यावासिनी मन्दिरमा प्रवेश गर्दा प्रहरीसँग झडप पनि भएको थियो ।

जागौ पोखरा तथा धार्मिक अभियन्ता दिपक आचार्यले मठमन्दिर र शक्तिपिठहरुमा लगाईएको प्रतिबन्धको विरोध गर्दै पश्चिमा राष्ट्रका क्रिश्चियनहरुले राज्यको शक्तिको गलत दुरुपयोग गरी सुनियोजित ढंगले महामारीको आडमा हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको बताए । यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे । उनले भने–‘यो धर्मसंस्कृतिमाथिको आक्रमण हो । यसमा शंका गर्ने ठाउँ प्रशस्त छ । सबै खुल्ला छ । बजारमा खुट्टा टेक्नेसम्म ठाउँ छैन । प्रतिबन्ध हिन्दुधर्मालम्बीहरुको मठमन्दिर र शक्तिपिठमात्र छ । प्रशासन बजार र भीड किन देख्दैन ?’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग