
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । विरामी अवस्थामा आफन्तको उपचारका लागि जाँदा राज्य पक्षबाट वेपत्ता बनाईएका सोमबहादुर विक ‘ज्योति’को १९ औं खोजसभा सम्पन्न भएको छ । २०५९ असार २३ गते राज्य पक्षले सोमबहादुर विकलाई वेपत्ता बनाएको थियो ।
वि.सं. २०५६ देखि नेकपा माओवादीमा संगठित भएर सर्वहारा, गरिब, निमुखा र सुकुम्वासीको हकहितका लागि संगठन निर्माण गर्दै संर्घरत सोमबहादुरलाई राज्यले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पक्राउ गरी वेपत्ता बनाएको थियो । माओवादीको ईलाकास्तरको जिम्मेवारी सम्हालेका ज्योति लगायत धेरै कार्यकर्ताहरुको स्थिति आजसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
बुबा मनबहादुर विश्वकर्मा र आमा ओमकुमारी विश्वकर्माको कोखबाट वि.सं.२०३२ वैशाख २८ गते साबिक लेखनाथ नगरपालिका वडा नं. १३ हाल पोखरा महानगरपालिका वडा नं. ३२ खुदीखोलामा सोमबहादुरको जन्म भएको थियो ।
पटक–पटक तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दल सरकारमा गए पनि वेपत्ताहरुको न त खोजि नै गरिएको छ, न त यो विषयलाई गम्भिरताका साथ लिएर सम्बोधन नै भएको छ । कतिपय योद्धाहरुलाई त वर्षको १ दिन पनि तत्कालिन माओवादीका नेता तथा कार्यकर्ताहरुले सम्झिन छाडिसकेको अवस्था छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले वेपत्ता सोमबहादुर कैं खुदीस्थित घरमा पुगी खोजसभा सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की सेक्रेटरी गोकुल पराजुली, सहिद पुत्र एवं विद्यार्थी नेता प्रकाश बास्तोला ‘मार्शल’, माओवादी केन्द्रका वडा अध्यक्ष अर्जुन मल्ल र नेकपाका कास्की जिल्ला सदस्य काजी गुरुङ लगायतले वेपत्ता तथा सहिदहरुले देखेको सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वेपत्ता पारिएका सोमबहादुरकी बहिनी सोममाया विकले दाइको जिवनी प्रस्तुत गरेकी थिईन् ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर