
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोलाको १८ औं स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा कास्कीले बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै उनकै घरमा पुगेर स्मृति सभा गरेको जनाएको छ ।
जनयुद्धका क्रममा तत्कालिन शाही सेनाले २०६१ असार १६ गते तत्कालिन नेकपा माओवादीका अन्य कार्यकर्ताहरुसहित पक्राउ गरेर यातना दिदैं निर्मम हत्या गरेको थियो । शाही सेनाले सहिद अजितसँगै पक्राउ परेका देवेन्द्र पोखरेल ‘संकल्प’लाई पनि निर्मम हत्या गरेको थियो । सोही दिन कोपिला रानाभाट ‘सुमन’को पनि शाही सेनाले कास्कीको ल्वाङघलेल गाविसमा पक्राउ गरी खाल्डो खन्न लगाएर त्यहीँ खाल्डोमा गोली ठोकी निर्मम हत्या गरेको थियो ।
जनताको मुक्तिका लागि संघर्षरत इमान्दार अनि साहसी नेता बास्तोला लगायतले मर्न तयार भए तर कुनै पनि पार्टीको सूचना शाही सेनालाई दिन मानेनन् र मृत्युवरण गर्न पुगे । उनको हत्याले श्रीमती खिमादेवी, भाइ उदयराज, दिदी पार्वती अधिकारी, छोरा प्रकाश, छोरीहरु पवित्रा र अस्मिताले अभिभावक मात्र होइन, सिङ्गो मुलुकले नै एक होनहार र इमान्दार व्यक्ति गुमाउन पुग्यो ।
बाबु कृष्णविलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौं ३१ गते साविक सिद्ध गाविस वडा नं. १, टाकान्जा कास्कीमा सहिद विजयराजको जन्म भएको थियो ।
सहिद अजित जनयुद्धकालमा २०५६ जेठ १ गते देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएर संघर्षमा होमिएका थिए । पार्टीको योजनामा पश्चिम रोल्पा, रुकुमसम्म अभियानकर्मीको रुपमा पुगेका उनी तत्कालिन अवस्थामा नेकपा माओवादीको ईलाका पार्टी सदस्य थिए ।

सहिद अजितको तस्विरमा माल्यार्पण गर्दै सहिदपत्नी खिमादेवी बास्तोला ।
बुबाको शाही सेनाले हत्या गरेसँगै क्रान्तिको अविछिन्न यात्रामा सहिदपुत्र प्रकाश निरन्तर अघि बढिरहेका छन् । पटक–पटक प्रहरी हिरासत, यातना र संघर्ष गर्दै अघि बढिरहेका सहिदपुत्र प्रकाश ‘मार्शल’ गण्डकी प्रदेश कैं चर्चित युवा विद्यार्थी नेता हुन् । इमान्दार, साहसी र जुझारु छवि बनाएका मार्शल यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपामा आवद्ध छन् ।
स्मृतिसभामा नेकपा कास्कीका सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा इञ्चार्ज सुजन, सहिद पुत्र तथा विद्यार्थी नेता प्रकाश बास्तोला ‘मार्शल’, सहिदपत्नी खिमादेवी र दुई छोरीहरु पवित्रा र अस्मिता एवं पुराना माओवादी नेताको उपस्थिति रहेको थियो ।