
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका जिल्ला नेता पाण्डेयलाई आफ्नै श्रीमतीसहितको ११ जनाको टोली मिलेर हत्या गरेको रहस्य खुलेको हो ।
जेठ ५ गते अज्ञात समूहले गोली हानी घाइते भएका पाण्डेको उपचारका क्रममा जेठ १० गते मृत्यु भएको थियो । दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको प्रहरीको २५ दिनको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले भने–‘ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना २/३ वर्ष अघि देखि नै बनेको देखिन्छ ।’ हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको र लामो समयपछि उनीहरुको हत्या गर्ने योजना पुरा गरेको एसपी अधिकारीले बताए ।
दीपकले आफ्नी श्रीमतीसँगको अनैतिक सम्बन्धको बारेमा थाहा पाएपछि ओमप्रकाशलाई धम्काएका थिए । दुवै परिवारमा यो कुरा थाहा पाएपछि दीपकलाई खत्तम गरिदिए दुवैलाई सजिलो हुने मनसायले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको, हतियार खरिद तथा व्यवस्थापनको काम गरेको र आफ्नै उपस्थितिमा मार्न लगाएको देखिन्छ । माओवादी नेता दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
प्रहरीले ओमप्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोली बरामद गरेको छ । प्रहरीले हत्यामा संलग्न चारजना र हतियार व्यवस्थापनमा संलग्न सातजनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ ।

रमजानले भने पाण्डेयलाई मार्नका लागि पटक/पटक ओमप्रकाशबाट एक लाख रुपैयाँ लिएको खुलेको छ । उनले नै पाण्डेयमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए । एसपी अधिकारीका अनुसार साकिरले पाण्डेयलाई मार्न ओमप्रकाशबाट बैना रकम लिने, मृतकका गतिविधीमा निगरानी राख्ने, घटनामा प्रयोग भएको हतियार पूर्णवीर पाल्पालीको घरमा लुकाएर राख्ने गरेको पाइएको छ ।

१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति