
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । कास्की क्षेत्र नं. ३ मा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण अभियान शुरु भएको छ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङको पहलमा अभियान शुरु भएको हो ।
भदौंरे, चापाकोट, सराङकोट र कास्कीकोटका स्वास्थ्यचौकीका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कांग्रेसका नेता गुरुङले अभियानको शुरुवात गरेका थिए । अभियानलाई काठमाडौंका तीनचुली नेपालका अध्यक्ष ज्वलन्त गुरुङले सहयोग प्रदान गरेका छन् ।
नेता गुरुङले महामारीको बेलामा जनताको दुःख र पीडामा मन मिलाउने उद्देश्यले जति सकिन्छ सक्दो सहयोग जुटाउन अभियान मार्फत् जनताको घरदैलोमा निस्किएको बताए । ‘यतिबेला आमजनता दुःख र पीडामा छन् । उनीहरुको जनजीविका नै ठप्प भएको छ,’ नेता गुरुङले भने–‘जति सकिन्छ सबैले इमान्दारिताका साथ पहल गरौं र यो महामारी विरुद्ध एक भएर लडौं ।’
अभियानका क्रममा प्रत्येक स्वास्थ्य चौकीलाई पिपिई, अक्सिमिटर, जार सेनिटाईजर, स्प्रे स्यानिटाइजर, फेसिसल्ड सेट, मास्क र ह्यान्ड ग्लोव लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ‘जनताहरु आउने र जनता भएको ठाउँमा पुग्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा पनि हाम्रै दायित्व हो,’ नेता गुरुङले भने–‘स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काममा पनि सबैले ध्यान दिन जरुरी छ ।’
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता हरिप्रसाद लामिछाने, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, वडा नं २३ र १८ का वडा अध्यक्षद्वय विष्णुप्रसाद पराजुली र रणबहादुर थापा, वडा नं २३ का वडा सदस्य भरतराज भण्डारी, नेपाली कांग्रेसका पूर्वसहसचिव भरत बहादुर अधिकारी, आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सदस्य आश बहादुर गुरुङ, नेपाली कांग्रेस वडा नं १८ का ईकाइ सभापति शिव तिमिल्सिना, स्वास्थ्य चौकीका प्रमुखहरु लगायत नेविसंघका नेता पशुपति भट्टराई, विवेक पराजुली, सुजन पराजुली, महेश तिमिल्सिना र महादेव गिरीलगायतले कोरोना संक्रमणको समयमा राज्य सत्ताको छिनाझम्टीमा रुमल्लिएकोमा दुःख व्यक्त गरे ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन