
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । कास्की क्षेत्र नं. ३ मा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण अभियान शुरु भएको छ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङको पहलमा अभियान शुरु भएको हो ।
भदौंरे, चापाकोट, सराङकोट र कास्कीकोटका स्वास्थ्यचौकीका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कांग्रेसका नेता गुरुङले अभियानको शुरुवात गरेका थिए । अभियानलाई काठमाडौंका तीनचुली नेपालका अध्यक्ष ज्वलन्त गुरुङले सहयोग प्रदान गरेका छन् ।
नेता गुरुङले महामारीको बेलामा जनताको दुःख र पीडामा मन मिलाउने उद्देश्यले जति सकिन्छ सक्दो सहयोग जुटाउन अभियान मार्फत् जनताको घरदैलोमा निस्किएको बताए । ‘यतिबेला आमजनता दुःख र पीडामा छन् । उनीहरुको जनजीविका नै ठप्प भएको छ,’ नेता गुरुङले भने–‘जति सकिन्छ सबैले इमान्दारिताका साथ पहल गरौं र यो महामारी विरुद्ध एक भएर लडौं ।’
अभियानका क्रममा प्रत्येक स्वास्थ्य चौकीलाई पिपिई, अक्सिमिटर, जार सेनिटाईजर, स्प्रे स्यानिटाइजर, फेसिसल्ड सेट, मास्क र ह्यान्ड ग्लोव लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ‘जनताहरु आउने र जनता भएको ठाउँमा पुग्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा पनि हाम्रै दायित्व हो,’ नेता गुरुङले भने–‘स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काममा पनि सबैले ध्यान दिन जरुरी छ ।’
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता हरिप्रसाद लामिछाने, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, वडा नं २३ र १८ का वडा अध्यक्षद्वय विष्णुप्रसाद पराजुली र रणबहादुर थापा, वडा नं २३ का वडा सदस्य भरतराज भण्डारी, नेपाली कांग्रेसका पूर्वसहसचिव भरत बहादुर अधिकारी, आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सदस्य आश बहादुर गुरुङ, नेपाली कांग्रेस वडा नं १८ का ईकाइ सभापति शिव तिमिल्सिना, स्वास्थ्य चौकीका प्रमुखहरु लगायत नेविसंघका नेता पशुपति भट्टराई, विवेक पराजुली, सुजन पराजुली, महेश तिमिल्सिना र महादेव गिरीलगायतले कोरोना संक्रमणको समयमा राज्य सत्ताको छिनाझम्टीमा रुमल्लिएकोमा दुःख व्यक्त गरे ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु