
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । गण्डकी प्रदेशमा भोलि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदैंछन् । तर अंकगणीय हिसाबले सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा देखिन्छन् । एमालेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउँदा भोलि सरकार ढल्ने प्रायः निश्चित नै छ ।
‘प्रदेश सभा जोगाउनका लागि मुख्यमन्त्री गुरुङलाई मतदान गर्न सकिदैंन,’ माओवादी केन्द्र संसदीय दलका नेता हरि चुमानले भने–‘हाम्रो मत पुग्छ । प्रदेश सभालाई जोगाउन आफैंले सरकार निर्माणको लागि पहल गर्दैछौं ।’
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्ता पक्षसँग २७, स्वतन्त्र उमेद्वार राजीव गुरुङ (दीपक मनाङे) र राष्ट्रिय जनमोर्चाका कृष्ण थापा गरी २९ मत सांसद मात्र छन् । जसमा सर्वोच्च अदालतले फैसला गरेर सांसद पद थामिएका थापा विरुद्ध राष्ट्रिय जनमोर्चाले पुनर्बहाली बिरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता गराएको छ । जुन निवेदनको भोलि नै सुनुवाई पनि हुँदैछ ।
राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता पियारी थापाले सर्वोच्च अदालतले गलत नजिर बसाल्न नहुने र सांसद कृष्ण थापालाई पार्टीले गरेको कारवाही जाहेज भएको बताईन् ।
यता, अहिलेको अंकगणितमा विपक्षी गठबन्धनसँग पनि बहुमत पुग्दैन । नेपाली कांग्रेस १५, नेकपा माओवादी १२ (सभामुखसहित) र जनता समाजवादी २ गरी २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाका थापाबाहेक २ सांसदले साथ दिँदा ३० मात्र पुग्छ । त्यस्तो अवस्थामा नयाँ सरकार नबन्ने र प्रदेशसभा विघटन भएर फेरि मध्यावधि निर्वाचनतिर जाने देखिन्छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद कुमार खड्काले मुख्यमन्त्रीले सर्वदलीय सरकार भन्दा पनि प्रलोभनका कुरा गरेर दीपक मनाङेलाई बोलाए जस्तो गरी दलहरुलाई बोलाउनु अराजनीतिक भएको बताए ।
रोचक पक्ष सत्ता पक्षसँग मात्र होइन विपक्षी गठबन्धनसँग पनि बहुमत छैन । नेपाली कांग्रेस १५, नेकपा माओवादी १२ (सभामुखसहित) र जनता समाजवादी २ गरी २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाका थापाबाहेक २ सांसदले साथ दिँदा ३० मात्र पुग्छ । विपक्षीलाई नयाँ सरकार गठनका लागि अझै १ मत चाहिन्छ । अहिलेको अवस्थामा माधव नेपाल समूहका एकमात्र सांसद्ले पनि फ्लोर क्रस गर्ने अवस्था छैन । जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने सार्वजनिक गरिसकेका छन् ।
गत वैशाख २९ गते प्रदेशसभाको ठूलो दलको नेताका हैसियतले दोस्रो पटक पृथ्वीसुब्बा गुरुङ मुख्यमन्क्री नियुत्त भएका थिए । मुख्यमन्क्री नियुत्त भएको एक महिनाभित्र संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु पर्दछ । सोही अनुसार मुख्यमन्त्री गुरुङले जेठ २७ गते भोलि विश्वासको मत लिदैंछन् ।
यस्तो अवस्थमा भोलि २७ गते मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् भने प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्क्री नियुत्तका लागि प्रदेशसभा सदस्यले बहुमत प्राप्त गर्ने अवस्था आधार प्रस्तुत गर्न आह्वान गर्नैपर्छ । त्यस्तो अवस्थामा नयाँ सरकार नबन्ने र प्रदेशसभा विघटन भएर फेरि मध्यावधि निर्वाचनतिर जान सक्ने स्थिति पनि देखा पर्नेछ ।
प्रदेशसभा सदस्यमा फर्किएका थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पक्षमा उभिने अडान कायमै राखे पछि विपक्षी गठबन्धनका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्ने योजना असफल भएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’