
१२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
३कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
४उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
५अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
६५३ मृतकका परिवारलाई ८ करोड राहत
७मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
८प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
९निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
१०चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
११निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
१२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ
लमजुङ । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा (मादीनदी) को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन । विगतमा मजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुसी साथ दशँ मनाउँथे उनीहरु । यस वर्ष लकडाउनले काम नपाएपछि आम्दानी छैन । खर्च जुटाउन नसक्दा दशैँका बेला समेत यस बस्तीमा चाडपर्वको रौनक देखिएको छैन ।
घरमा सात जना रहेको बताउनुहुने ५२ वर्षीया सीताकुमारी बोटेले वर्षेनी ज्यालामजदूरी गरेर दशैँ मनाउँदै आएपनि यस वर्ष लकडाउनले काम नपाएको दुखेसो गर्नुभयो । “अरु आम्दानी पनि भएकोले दशैँ कसरी मनाउने भन्ने चिन्ता छ, त्यहीमाथि सासुआमा बिरामी हुनुहन्छ”, उहाँले भन्नुभयो । त्यस्तै आरती माझीले पनि महामारीका कारण काम नपाउँदा चाडपर्व खल्लो भएको बताउनभुयो । “दशैँ मनाउने भनेर जमरा त राखेको छु, तर पैसा नहुँदा कसरी मनाउने अन्योलमा छु”, उहाँले भन्नुभयो । लामो समयदेखि काम गर्न नपाउँदा ऋण गरेर खादै गरेपनि अहिले त्यही ऋण पनि तीर्न नसक्दा खानाका लागि नुन, तेल, चामल समेत सकिन लागेको उहाँको भनाइ थियो । सीतामाया र आरती जस्तै यहाँका खड्का बहादुर, मिलनबहादुर, बिजुला लगायतका बोटेहरुको समस्या उस्तै छ । बोटे समुदायका अध्यक्ष झङ्कबहादुर बोटेले सो क्षेत्रमा ३० घरपरिवार रहेकोमा १५ घरलाई दशै मनाउनका निकै समस्या भएको छ । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ ।
विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका वासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाट लगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समयमा माछा मार्ने पेशा समेत धरापमा पर्दे गएपछि ज्यालामजदूरी गर्दै आएको बोटे समुदायको भनाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिन समेत बिक्री गरिसकेको इन्द्रमायाले बताउनुभयो । न काम न दाम हुँदा दशैँ पनि नभएको जस्तो हुन थालेको उनीहरुको भनाइ छ ।
अशिक्षा र गरिबीकै कारणले यो समुदाय पछिल्लो समयमा विपन्न बन्दै गएकाले दशँ मनाउनलाई समस्या हुन थालेको मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “दशै मनाउन बोटे समुदायलाई राहतको आवश्यकता छ, उनीहरुको समस्याको बारेमा नगरपालिकामा कुरा राखेको छु ।”(रासस)
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी