
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय अवस्थामा तामझामका साथ भीडभाडमा उद्घाटन र शिलान्यास गर्दै हिडिरहेका छन् ।

संक्रमित भएकै अवस्थामा स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको नयाँ भवनको शिलान्यास गरेका थिए ।
गत वैशाख २२ गते मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भएका थिए । सत्ताको रस्साकस्सीमा २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले २९ गते ठुलो दलको हैसियतमा पुनः मुख्यमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिए । कोरोना संक्रमित उनी वैशाख २९ गते झनै विरामी भए ।

गत वैशाख २२ गते कोरोना संक्रमित भएका मुख्यमन्त्री गुरुङ वैशाख २९ गते ठुलो दलको हैसियतमा पुनः मुख्यमन्त्री भएपछि पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै ।
कोरोना संक्रमित भएकै अवस्थामा उनी राम्रोसँग उठ्न नसक्ने, चक्कर लागिरहने र पहिला निमोनिया समेत देखिएकोले झनै कमजोर भएका थिए । जुन दृश्य उनले शिलान्यास गरेको ठाउँबाट सुरक्षाकर्मी र नजिकका सहयोगीले दुई हात समातेर उठाउनु परेको र अस्पतालको सिढीं चढ्दा पनि सहयोगी चाहिएको दृश्यले पुष्टि गर्दछ ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ शिलान्यास गरेको ठाउँबाट पनि यसरी सुरक्षाकर्मी र सहयोगीले दुई हात समातेर उठाउनु पर्ने अवस्थामा पुगेका छन् ।
आफैं कोरोना संक्रमित भएका मुख्यमन्त्री गुरुङको आजसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छैन । यस्तो महामारीको अवस्थामा उनीलाई आफ्नो र जनताको स्वास्थ्य भन्दा पनि कुर्चीको कैं मोह बढि देखिन्छ । त्यसैले उनले आफ्नै सरकारले तोकेको स्वास्थ्य मापदण्डको ठाडै उल्लंघन गर्दै जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् ।

कोरोना संक्रमित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भीडभाड र तामझामका साथ यसरी भवनको शिलान्यास गर्दै थिए ।
कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जेठ ७ गते शुक्रबार कर्मचारीहरुलाई त्यो पनि माक्स नलगाई निर्देशन दिएका तस्विरहरु आफ्नै सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरुमा छ्यापछ्याप्ती छापिएका छन् ।

कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जेठ ७ गते शुक्रबार कर्मचारीहरुलाई त्यो पनि माक्स नलगाई निर्देशन दिदैं गर्दाको अवस्था ।
आफैं कोरोना संक्रमित उनी माक्स पनि नलगाई कर्मचारीहरुलाई कोभिड–१९ को दोस्रो र तेस्रो लहर रोकथामका विषयमा निर्देशन दिदैं थिए । उनले ठाडै स्वास्थ्य मापदण्ड र कोरोना कहरको सामान्य नियम समेतको उल्लंघन गर्दै यो संकटको बेला हो, युद्धका बेला हो, सबैले सहकार्य गर्नुपर्छ र समन्वय गर्नुपर्छ भन्दै थिए ।

एमालेका सांसद राजीव पहारी लगायतले सम्पूर्ण सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने भन्दै अडान राखेर वैशाख १४ गते हुन लागेको अविश्वासको प्रस्ताव माथिको मतदान कार्यक्रम नै विथोलेका थिए ।
सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने अडान राखेर वैशाख १४ गते अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन संसद रोक्ने एमालेका संसदीय दलका प्रमुख समेत हुन् मुख्यमन्त्री गुरुङ । ‘अहिलेको विषम परिस्थितिलाई ख्याल गरेर सबै माननीयको पिसिआर परीक्षण गरियोस्, १५ जनाभन्दा बढी भिड नहुने भनिएको छ । यस्तोबेला भौतिक दूरी कायम नगरिन प्रदेश सभामा फैलियो भने के हुन्छ ? जिम्मेवारी को हुने ?’ सांसद राजीव पहारीले त्यतिबेला भनेका थिए, ‘यहाँ धेरै माननीय ज्यूहरु दीर्घरोगी हुनुहुन्छ । पिसिआर परीक्षण पछिमात्रै प्रदेश सभा अगाडि बढाइयोस् । पिसिआर परीक्षण बिना संसद चल्न सक्दैन ।’

एमालेका सांसदहरुको कोरोना परीक्षण नगरी संसद चल्न नदिने भन्दै अडान राखेपछि गण्डकी प्रदेश सभा अगाडि सांसदहरुको स्वाव संकलन गरिदैं ।
तर आज उनी न आइसोलसनमा बसेका छन्, न त मापदण्ड पालना गरेका छन् । उद्घाटन, शिलान्यास र भीडभाड जम्मा पारेर निर्देशन दिदैंमा मस्त छन् । उनी जनताको जीवन रक्षा होइन सरकारको कुर्ची रक्षा गर्ने खेलमा लिप्त छन् । कोरोना संक्रमित उनले सरकारले लागू गरेको नियम समेत पालना नगरी जेठ १० गतेमात्र भीडभाड जम्मा पारेर पोखरा महानगरपालिका वडा नं. ३० लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा उद्घाटन तथा शिलान्यास कार्यक्रम गरेका थिए ।

सघन उपचार कक्षको ढोकामा राखिएको रिबन काटेर उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ ।
त्यसो त गुरुङ आफैंले सामाजिक सञ्जालमा तीनवटा महत्वपूर्ण कार्यहरु गरेको भनेर लेखेका छन् । त्यस दिन कोरोना संक्रमित उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, सघन उपचार कक्ष (आईसियु)को उद्घाटन र प्रदेश संक्रामक अस्पताल कैं बेड बिस्तारसहित नयाँ भवनको शिलान्यास गरेका थिए । जबकि उनलाई त्यहाँ शिलान्यास गर्दा होस् वा सिढींमा हिड्दा सुरक्षाकर्मी र सहयोगीको साथ चाहिएको थियो ।
सघन उपचार कक्षको ढोकामा राखिएको रिबन काटे पछि उनी कोरोनाका बिरामीहरुको उपचार भईरहेको बेड तर्फ लम्किदैं थिए । नजिकै उभिएका चिकित्सक लगायतको टोलीले भित्र नजानुस् कोभिडका बिरामीहरु छन् भन्दै गुरुङलाई रोकेका थिए ।

आफैं कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ सघन कक्षको उद्घाटन गरेर कोरोनाको उपचार भईरहेका बिरामीहरुको बेडतर्फ लम्किदैं गरेपछि रोक्दै उनका प्रेस सल्लाहकार विक्रम न्यौपाने र स्वास्थ्यकर्मीहरु ।
त्यसैगरी, हेलिप्याडसहित बन्न लागेको अत्याधुनिक भवन र जनस्वास्थ्य प्रयोगशाला निर्माणको ठेक्का सम्झौंता केही पनि टुङ्गो नलाग्दै मुख्यमन्त्री गुरुङले सोही दिन शिलान्यास गरिसकेका छन् । कोरोना संक्रमित भएसँगै निमोनिया पनि भएर थलिएका मुख्यमन्त्री गुरुङले गरेका यी कार्यहरुले उनको अटेरीपनलाई झल्काई रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि तामझामका साथ भीडभाडमा उद्घाटन र शिलान्यास गर्दै हिडिरहेका छन् ।
यतिमात्र होइन, यस अघि कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले नयाँ सरकार गठनसँगै नवनियुक्त अर्थमन्त्री किरण गुरुङ र नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी पोखरेल लगायतसँग जेठ ८ गते स्वास्थ्य मापदण्ड विपरित सामूहिक तस्विर खिचाउँदै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका थिए । उनी आफैं संक्रमित हुँदा उनले गरेका लापरवाहीपूर्ण हर्कतहरु र अटेरीपनले कुनै पनि जनताले त्यसको क्षति व्यहोर्न नपरोस् ।

अघि कोरोना संक्रमित मुख्यमन्त्री गुरुङले नयाँ सरकार गठनसँगै नवनियुक्त अर्थमन्त्री किरण गुरुङ र नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी पोखरेल लगायतसँग जेठ ८ गते स्वास्थ्य मापदण्ड विपरित सामूहिक तस्विर खिचाउँदै
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु