News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमालेबाट नेपाल र खनालसहित ११ नेतालाई निष्कासन

'अन्य बाँकी १२ जनालाई भने २४ घण्टा भित्रमा स्पष्टीकरण सोध्ने निर्णय'

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । २४ घण्टा भित्रमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै नेपाल–खनाल समूहका नेताहरुलाई पार्टीबाट नै निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने एमालेका अन्य बाँकी १२ जनालाई भने २४ घण्टा भित्रमा स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ ।

एमालेबाट निष्कासन गरिएका नेताहरुमा नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन् ।

प्रतिक्रिया