
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । डा.गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । प्रसाईले टेलिफोनमा ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ भनेका छन् । त्यस्तै प्रीतमका परिवारका अन्य सदस्यहरु (आमा, बुवा र बहिनी)लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेका छन् ।
डा.केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक सुवेदीलाई अस्पताल सञ्चालक प्रसाईँले फोन गरेर ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु म’ भन्दै भौतिक आक्रमण गर्ने धम्की दिएका हुन् । सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीका अनुसार प्रसाईँले प्रीतम र उनका अन्य परिवारका सदस्यलाई समेत गालीगलौच गरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको विश्वासपात्र मानिने प्रसाईँले झापास्थित बीएन्डसीलाई सम्बन्ध दिन लागेको विषयमा विरोध गर्दै गत हप्ता डा.केसीले प्रेस विज्ञप्ति जारी गरेका थिए । जुन विज्ञप्ति सुवेदीले विभिन्न सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । विज्ञप्ति जारी भएकै दिन नै प्रसाईँले सुवेदीलाई धम्की दिएका हुन् । ‘
डा.केसीले प्रसाईँले सञ्चालन गरेको बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरित सम्बन्धन दिने चलखेल भएको भन्दै विरोध जनाएका थिए । डा.केसीले बीएन्डसीसहित अनय जुनसुकै मेडिकल कलेजले पनि चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पुरा गरेर मात्र सम्बन्ध दिनुपर्ने बताएका थिए ।
सञ्चालक प्रसाईले ऐन जारी गर्नुअघि मनशाय पत्र पाएकोले आफूले स्वतः सम्बन्धन पाउने दावी गर्दै आएका छन् । यहीँ विषयमा विरोध जनाएका डा.केसीको विज्ञप्ति सञ्चारमाध्यममा पठायो भन्दै सुवेदीमाथि भौतिक आक्रमण गर्ने धम्की अस्पताल सञ्चालक प्रसाईँले दिएका हुन् ।
सोलिडारिटीले भौतिक आक्रमण गर्ने धम्की आईरहेकोले त्यसको जिम्मेवारी प्रसाईले लिनुपर्ने भन्दै सुवेदीको जीवन रक्षाको माग गरेको छ । अस्पताल सञ्चालक प्रसाईँका विरुद्धमा सोलिडारिटीले प्रहरीमा जाहेरीसमेत दर्ता गराउने तयारी गरिरहेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने